सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग

सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग : Icon Khabar
Telegram Logo

काठमाडौँ, साउन ८ । नेपाल सरकारले सामाजिक सञ्जाल टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने प्रयोग गरिरहेको छ।

एक सूचना जारी गर्दै दूतावासले आफूहरूको आधिकारिक टेलिग्राम च्यानल प्रयोग गरिरहेको जानकारी दिएको हो। यद्यपि नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम बन्द गरेको हुँदा त्यसमा केही समस्या भने आउनसक्ने जनाएको हो।

‘दूतावासको आधिकारिक टेलिग्राम च्यानल सञ्चालन भइरहेको जानकारी गराउन चाहान्छौं,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘यद्यपि नेपाल दूरसञ्चार प्राधिकरणले सञ्जाललाई देशभित्र बन्द गरेको हुँदा केही समस्या उत्पन्न हुनसक्छ।’

दूतावासले यसबाहेक अन्य सञ्जालमार्फत पनि सम्पर्क गर्न सक्ने जनाएको छ। सामाजिक सञ्जाल भिके, फेसबुक, इन्स्टाग्राम लगायतबाट पनि सम्पर्क गर्न सक्ने जनाएको छ।

सरकारले गत शुक्रबारदेखि आधिकारिक रूपमा टेलिग्राम बन्द गरेको थियो। प्राधिकरणले सूचना जारी गर्दै अनलाइन ठगी जस्ता आपराधिक गतिविधि टेलिग्राम मार्फत सञ्चालन हुँदै आएको भन्दै बन्द गरेको हो।

Published Date: 24 July 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै