सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग

सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग : Icon Khabar
Telegram Logo

काठमाडौँ, साउन ८ । नेपाल सरकारले सामाजिक सञ्जाल टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने प्रयोग गरिरहेको छ।

एक सूचना जारी गर्दै दूतावासले आफूहरूको आधिकारिक टेलिग्राम च्यानल प्रयोग गरिरहेको जानकारी दिएको हो। यद्यपि नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम बन्द गरेको हुँदा त्यसमा केही समस्या भने आउनसक्ने जनाएको हो।

‘दूतावासको आधिकारिक टेलिग्राम च्यानल सञ्चालन भइरहेको जानकारी गराउन चाहान्छौं,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘यद्यपि नेपाल दूरसञ्चार प्राधिकरणले सञ्जाललाई देशभित्र बन्द गरेको हुँदा केही समस्या उत्पन्न हुनसक्छ।’

दूतावासले यसबाहेक अन्य सञ्जालमार्फत पनि सम्पर्क गर्न सक्ने जनाएको छ। सामाजिक सञ्जाल भिके, फेसबुक, इन्स्टाग्राम लगायतबाट पनि सम्पर्क गर्न सक्ने जनाएको छ।

सरकारले गत शुक्रबारदेखि आधिकारिक रूपमा टेलिग्राम बन्द गरेको थियो। प्राधिकरणले सूचना जारी गर्दै अनलाइन ठगी जस्ता आपराधिक गतिविधि टेलिग्राम मार्फत सञ्चालन हुँदै आएको भन्दै बन्द गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 July 2025
Website | + posts
ताजा
निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता