गाजामा व्यापक रूपमा भोकमरी, मृत्यु हुने मानिसको सङ्ख्या ४३ पुग्यो

गाजामा व्यापक रूपमा भोकमरी, मृत्यु हुने मानिसको सङ्ख्या ४३ पुग्यो : Icon Khabar

काठमाडौँ, साउन ८ । एक सयभन्दा बढी अन्तर्राष्ट्रिय सहायता सङ्गठन र मानव अधिकारवादी समूहले गाजामा व्यापक रूपमा भोकमरी फैलिएको चेतावनी दिँदै यथोचित कारबाही गर्न विभिन्न देशलाई आग्रह गरेका छन्।

मेडसाँ साँ फ्रोन्टिएर (एमएसएफ), सेभ द चिल्ड्रन र अक्स्फामसहित विभिन्न समूहले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा तिनका सहकर्मीहरू र तिनले सेवा गर्ने व्यक्तिहरू “दुर्बल बन्दै” गएको उल्लेख छ।

गाजामा बाहिरबाट जाने सामानको प्रवेशमाथि नियन्त्रण गर्दै आएको इजरेलले उक्त दाबी खण्डन गर्दै बरु ती सङ्गठनहरूले “हमासको प्रचारबाजीलाई सघाउ पुर्‍याएको” आरोप लगाएको छ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अवधिमा कुपोषणका कारण थप १० प्यालेस्टिनीहरूको मृत्यु भएको बताएकै बेला सहायता सङ्गठन र मानव अधिकारवादी समूहहरूको विज्ञप्ति आएको हो।

यो विवरणसँगै गाजामा आइतवारदेखि मृत्यु हुने मानिसको सङ्ख्या ४३ पुगेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 July 2025
Website | + posts
ताजा
निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता