गाजामा व्यापक रूपमा भोकमरी, मृत्यु हुने मानिसको सङ्ख्या ४३ पुग्यो

गाजामा व्यापक रूपमा भोकमरी, मृत्यु हुने मानिसको सङ्ख्या ४३ पुग्यो : Icon Khabar

काठमाडौँ, साउन ८ । एक सयभन्दा बढी अन्तर्राष्ट्रिय सहायता सङ्गठन र मानव अधिकारवादी समूहले गाजामा व्यापक रूपमा भोकमरी फैलिएको चेतावनी दिँदै यथोचित कारबाही गर्न विभिन्न देशलाई आग्रह गरेका छन्।

मेडसाँ साँ फ्रोन्टिएर (एमएसएफ), सेभ द चिल्ड्रन र अक्स्फामसहित विभिन्न समूहले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा तिनका सहकर्मीहरू र तिनले सेवा गर्ने व्यक्तिहरू “दुर्बल बन्दै” गएको उल्लेख छ।

गाजामा बाहिरबाट जाने सामानको प्रवेशमाथि नियन्त्रण गर्दै आएको इजरेलले उक्त दाबी खण्डन गर्दै बरु ती सङ्गठनहरूले “हमासको प्रचारबाजीलाई सघाउ पुर्‍याएको” आरोप लगाएको छ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अवधिमा कुपोषणका कारण थप १० प्यालेस्टिनीहरूको मृत्यु भएको बताएकै बेला सहायता सङ्गठन र मानव अधिकारवादी समूहहरूको विज्ञप्ति आएको हो।

यो विवरणसँगै गाजामा आइतवारदेखि मृत्यु हुने मानिसको सङ्ख्या ४३ पुगेको मन्त्रालयले जनाएको छ।

Published Date: 24 July 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै