बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौँ, साउन ७ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ९० पैसा र बिक्रीदर १३८ रुपियाँ ५० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ ३० पैसा र बिक्रीदर १६२ रुपियाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ८५ पैसा र बिक्रीदर १८६ रुपियाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपियाँ ९८ पैसा र बिक्रीदर १७३ रुपियाँ ७३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ८१ पैसा र बिक्रीदर ९० रुपियाँ २१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ८१ पैसा र बिक्रीदर १०१ रुपियाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ५९ पैसा र बिक्रीदर १०८ रुपियाँ ०६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २२ पैसा र बिक्रीदर १९ रुपियाँ ३० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ७६ पैसा र बिक्रीदर ३६ रुपियाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८३ पैसा र बिक्रीदर ३८ रुपियाँ कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २७ पैसा र बिक्रीदर चार रुपियाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५४ पैसा र बिक्रीदर ३७ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ५९ पैसा र बिक्रीदर ३२ रुपियाँ ७३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९४ पैसा र बिक्रीदर ९ रुपियाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३८ पैसा र बिक्रीदर १४ रुपियाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ६१ पैसा र बिक्रीदर २१ रुपियाँ ७० पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५७ पैसा र बिक्रीदर १७ रुपियाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपियाँ ५८ पैसा र बिक्रीदर ४५३ रुपियाँ ५५ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपियाँ ७८ पैसा र बिक्रीदर ३६७ रुपियाँ ३७ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपियाँ १७ पैसा र विक्रीदर ३५९ रुपियाँ ७३ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Published Date: 23 July 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु