सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो

सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन ५ । स्थानिय बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ । आज अघिल्लो दिनको तुलनामा सुन ४ सय रुपैयाँले महङ्गिएको छ ।

यससँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि सुनको मूल्य ८ सय रुपैयाँले बढेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ३ सयमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार २८५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 July 2025
Website | + posts