आर्थिक वर्ष २०८१/८२ मा भक्तपुरमा २ लाख ४४ हजारभन्दा बढी विदेशी पर्यटकहरूको आगमन

आर्थिक वर्ष २०८१/८२ मा भक्तपुरमा २ लाख ४४ हजारभन्दा बढी विदेशी पर्यटकहरूको आगमन : Icon Khabar

भक्तपुर, साउन ५ । भक्तपुरमा आ.व. २०८१।८२ मा २ लाख ४४ हजार ८६८ जना पर्यटकको आगमन भएको छ । त्यसमध्ये १ लाख २९ हजार ३८१ जना (गैरसार्क) र १ लाख १५ हजार ४८७ जना (सार्क राष्ट्र र चीनका पर्यटकहरू) रहेका छन् ।

गत आर्थिक वर्ष २०८०।८१ को तथ्याङ्क हेर्ने हो भने एक वर्षको अवधिमा २ लाख ४५ हजार ५९३ जना विदेशी पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए । सोही आ.व. मा गैरसार्क १ लाख १६ हजार ४०१ जना, सार्क राष्ट्र र चीनका १ लाख २९ हजार १९२ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेको तथ्याङ्क छ ।

आ.व. २०८१।८२ मा पर्यटक शुल्कबाट भक्तपुर नपाले रु. २९ करोड ११ लाखभन्दा बढी रूपैयाँ सङ्कलन ग¥यो । जसमा गैरसार्क पर्यटकबाट रु. २३ करोड ३३ लाख ७८ हजार ७६० भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट रु. ५ करोड ७७ लाख ४३ हजार हजार पर्यटन शुल्क उठेको छ ।

गत आ.व. २०८०÷८१ मा पर्यटक शुल्कबाट भक्तपुर नपाले रु. २७ करोड ४५ लाख भन्दा बढी रूपैयाँ सङ्कलन ग¥यो । जसमा गैरसार्क पर्यटकबाट रु. २० करोड ९९ लाख ७५ हजार ९५० भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट रु. ६ करोड ४५ लाख ९६ हजार पर्यटन शुल्क उठेको छ ।

आ.व.२०८०/८१ को तुलनामा यस आ.व. २०८१/८२ मा रु. १ करोड ८३ लाख १२ हजार ४६० रूपैयाँ बढी पर्यटक प्रवेश शुल्कबाट नपाको आय वृद्धि भएको हो ।

भक्तपुर नपाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्याङ्कअनुसार आ.व. २०८१/८२ मा सबैभन्दा बढी भारतबाट पर्यटकहरू भक्तपुर घुम्न आएका छन् । भारतबाट मात्रै ७९ हजार १३२ जना पर्यटकहरू नेपाल आएका छन् । त्यसपछि चीनबाट सबैभन्दा बढी पर्यटक भक्तपुर घुम्न आएको देखिन्छ ।

चीनबाट करिब ३६ हजार १३५ जना पर्यटकहरू भक्तपुर भ्रमणमा आएका छन् । त्यस्तै संरा अमेरिकाबाट १६,५५८, जर्मनीबाट ११,७८८, फ्रान्सबाट ११,७५४, इटालीबाट ८,२२८, स्पेनबाट ७०९८, जापानबाट ६७३३, इङ्गल्याण्डबाट ६५०२, अस्ट्रेलियाबाट ४९६८, ताइवानबाट ४६६०, हल्यान्डबाट ४१६५, पोल्यान्डबाट ३०९३, रसियाबाट २८८२, थाइल्यान्डबाट २५९५, दक्षिण कोरियाबाट २५४३, इजरायलबाट २५१९, क्यानडाबाट २३६०, मलेसियाबाट २०९९, बेल्जियमबाट १९५४, टर्कीबाट १६४३, स्वीट्जरल्यान्डबाट १६३१, ग्रीसबाट १४१३, मेक्सिकोबाट १३३०, चेकबाट १३३०, ब्राजिलबाट १३०८, अस्ट्रियाबाट १२०५, सिंगापुरबाट ११८०, अर्जेन्टिनाबाट १०२७, डेनमार्कबाट १०१३, हङ्गेरीबाट ९५७, स्वीडेनबाट ७२२, पोर्चुगलबाट ६८४, न्युजिल्यान्डबाट ६१७, नर्वे ५१०, आयरल्यान्डबाट ४७३, चिलीबाट २५९, फिनल्यान्ड २३९, दक्षिण अफ्रिकाबाट २२७, आइसल्यान्डबाट ६८ र अन्य देशबाट ९२६७ गरी २ लाख ४४ हजार ८६८ जना विदेशी पर्यटकहरूले भक्तपुर अवलोकन गरेको तथ्याङ्कले प्रष्ट पार्छ ।

आ.व. २०८२।८३ देखि भक्तपुर नगरपालिकाले डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग प्रतिप्रर्यटक ने.रु. १८०० लाई रु. २००० कायम गरी पर्यटक शुल्क सङ्कलन गर्दै आएको छ । साथै नपाले सार्क तथा चिनियाँ पर्यटकहरूलाई रु. ५००।– शुल्क सङ्कलन गर्दै आएको छ ।

भक्तपुर नगरपालिकाले हाल खौमा, सानो ब्यासी, ठुलो ब्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ वटा काउन्टरहरूबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकहरूसँग पर्यटक शुल्क उठाउँदै आइरहेको छ ।

शुल्क नतिरी भक्तपुर प्रवेश गर्ने पर्यटकहरूलाई तुरुन्तै नियन्त्रणमा लिई शुल्क तिर्न लगाउने गर्दै आएको छ । भक्तपुर नपामा हाल दैनिक औसतमा ४/५ सयको हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आएको तथ्याङ्कले देखाउँछ ।

भक्तपुर नगरपालिकाले पर्यटकहरूलाई लक्षित गरी सुविधासम्पन्न पर्यटक सूचना केन्द्र, पर्यटक बस पार्क, पर्यटक शौचालय, पर्यटक सूचना केन्द्रमार्फत ६ वटा भाषामा नक्सासहितको ब्रोसर, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिक रूपमा अशक्त पर्यटकको लागि ह्वील चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामको लागि बस्ने सुविधाको व्यवस्था गर्दै आएको छ । भक्तपुर नपाअन्तर्गत स्थानीय पथप्रदर्शक परिचालन समिति बनाई स्थानीय पथप्रदर्शकहरूलाई पुनतार्जगी तालिमका साथै आवश्यक व्यवस्थापन पनि गर्दै आइरहेको छ ।

भक्तपुर नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा पहिलो र दोस्रो कार्यकालमा गरी २०७२ सालपछि हालसम्म ६९ वटा पाटी, ४७ वटा मन्दिर, १५ वटा द्योछेँ, २२ वटा पोखरी, ९ वटा सत्तल, ९ वटा इनार, ५ वटा मठ, ढुङ्गेधारा ९ र अन्य विविध १५ समेत गरी २०४ वटा सम्पदा पुनःनिर्माण सम्पन्न गरेको छ भने हाल १४ वटा सम्पदाहरू निर्माणाधीन अवस्थामा छन् ।

भक्तपुरको मौलिकता बचाइराख्न परम्परागत घर निर्माण गर्ने घरधनीहरूलाई इँटा, काठ, झिङ्गटीको लागि दिँदै आएको अनुदानलाई निरन्तरता दिँंदै आएको छ । सोहीअनुरूप भक्तपुर नपाले भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाली भएको ३ वर्ष कार्यक्रममा मौलिक शैलीमा घर बनाउने ७ जना घरधनीलाई रु. १४ लाख ७५ हजार १४४ बराबरको अनुदान रकम वितरण गरेको थियो ।

कला संस्कृतिको महत्वबारे नयाँ पुस्तालाई प्रशिक्षित गर्न र व्यवहारिक ज्ञान दिएर सीप सिकाउन विद्यालयहरूमा सांस्कृतिक गुरुहरूको व्यवस्था गरी संस्कृतिलाई जीवन्तता दिने नीति भक्तपुर नपाले लिएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी आवश्यकताअनुसार नगरका विभिन्न स्थानसम्म सहज रूपमा पुग्न सक्ने गरी सानो आकारको विद्युतीय सवारीसाधनको व्यवस्था गर्ने योजना नपाको रहेको छ । गाईजात्रामा प्रस्तुत हुने सांस्कृतिक विधाहरूको प्रतिस्पर्धा, सांस्कृतिक बाजा प्रतियोगिता, सांस्कृतिक गुरु सम्मान, सांस्कृतिक प्रशिक्षण तथा तालिमलाई पनि नगरपालिकाले निरन्तरता दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 July 2025
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला