बिहीबार नेप्से परिसूचक ७९.८२ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक ७९.८२ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, साउन १ । नयाँ आर्थिक वर्षको पहिलो दिन नै शेयर बजारमा उछाल आएको छ । आर्थिक वर्षको पहिलो कारोबार दिन तथा साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ७९.८२ अंकले बढेर २८ सय ७४ बिन्दुमा पुगेको छ ।

आज ३ सय ११ कम्पनीको १ लाख ४१ हजार कित्ता शेयर खरिद बिक्री हुँदा १६ अर्ब ५९ करोडको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २२९ कम्पनीको शेयर बढेको छ भने ९ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

आजैदेखि कारोबार सुरु भएको ट्रेड टावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै शुभम् पावर, थ्रिस्टार हाइड्रोपावरका शेयर लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन् ।

कारोबार रकमका हिसाबले नेपाल रि इन्स्योरेन्स कम्पनीको ८४ करोड ४२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

Published Date: 17 July 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै