पाकिस्तानको पन्जाबमा मुसलधारे वर्षाका कारण ६३ जनाको मृत्यु

पाकिस्तानको पन्जाबमा मुसलधारे वर्षाका कारण ६३ जनाको मृत्यु : Icon Khabar

पाकिस्तान, साउन १ । पाकिस्तानको पन्जाब प्रान्तमा मुसलधारे वर्षा हुँदा विगत २४ घण्टामा कम्तीमा ६३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। त्यहाँ बुधवार बिहानदेखि सुरु ठूलो पानी पर्न थालेको थियो।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार अधिकांश व्यक्तिको ज्यान घर भत्किएर गएको हो। केही मानिस पानीमा डुबेर र करेन्ट लागेर मरेका हुन्।

राजधानी इस्लामाबादनजिकै रहेको अर्को ठूलो सहर रावलपिन्डीमा मानिसहरूलाई घरमै बस्न दिन बिहीवार सार्वजनिक बिदा दिइएको छ। बाढी आएका नदीको छेउछाउ बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ।

गत जुन महिनामा मनसुन सुरु भएपछि पाकिस्तानमा वर्षाका कारण झन्डै १८० जनाको मृत्यु भइसकेको छ। तीमध्ये आधाभन्दा बढी बालबालिका छन्।

Published Date: 17 July 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड