पाकिस्तानको पन्जाबमा मुसलधारे वर्षाका कारण ६३ जनाको मृत्यु

पाकिस्तानको पन्जाबमा मुसलधारे वर्षाका कारण ६३ जनाको मृत्यु : Icon Khabar

पाकिस्तान, साउन १ । पाकिस्तानको पन्जाब प्रान्तमा मुसलधारे वर्षा हुँदा विगत २४ घण्टामा कम्तीमा ६३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। त्यहाँ बुधवार बिहानदेखि सुरु ठूलो पानी पर्न थालेको थियो।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार अधिकांश व्यक्तिको ज्यान घर भत्किएर गएको हो। केही मानिस पानीमा डुबेर र करेन्ट लागेर मरेका हुन्।

राजधानी इस्लामाबादनजिकै रहेको अर्को ठूलो सहर रावलपिन्डीमा मानिसहरूलाई घरमै बस्न दिन बिहीवार सार्वजनिक बिदा दिइएको छ। बाढी आएका नदीको छेउछाउ बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ।

गत जुन महिनामा मनसुन सुरु भएपछि पाकिस्तानमा वर्षाका कारण झन्डै १८० जनाको मृत्यु भइसकेको छ। तीमध्ये आधाभन्दा बढी बालबालिका छन्।

Published Date: 17 July 2025


ताजा
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३९ जनाको शव फेला
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क