जेठ महिनामा भित्रियो पौने २ खर्बको रेमिट्यान्स

जेठ महिनामा भित्रियो पौने २ खर्बको रेमिट्यान्स : Icon Khabar

काठमाडौं, असर २४ । चालु आर्थिक वर्ष जेठ महिनामा पौने २ खर्बको रेमिट्यान्स स्वदेश भित्रिएको छ । यो रकम वैशाख महिनाको तुलनामा करिब १० अर्बले धेरै हो ।

चालु आव १०औं महिना अर्थात् वैशाखमा १ खर्ब ६५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । तर, जेठमा भित्रिएको रेमिट्यान्स बढेर १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आव २०८१/८२ १० महिना (साउन–जेठ) सम्ममा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको छ । गत आव सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।

२०८२ जेठको विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्ष सोही महिना यस्तो आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड थियो ।

चालु आव ११ महिना अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।

चालु आव ११ महिनामा खुद द्वितीय आय १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड थियो ।

चालु आव जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५२ हजार ३ सय २४ र पुन: श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ छ । गत आव सोही अवधिमा यस्तो संख्या क्रमश: ४ लाख २१ हजार ३ सय ५६ र २ लाख ६१ हजार २ सय १० थियो ।

Published Date: 08 July 2025


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?