चीनको तिब्बतबाट आएको भीषण बाढीले ठाउँ ठाउँमा बाटो संरचना भत्कियो, उद्धार तथा राहत कार्य ठप्प

चीनको तिब्बतबाट आएको भीषण बाढीले ठाउँ ठाउँमा बाटो संरचना भत्कियो, उद्धार तथा राहत कार्य ठप्प : Icon Khabar

रसुवा, असार २४ । चीनको तिब्बतबाट बग्ने लेन्दी खोलामा मंगलबार बिहान आएको भीषण बाढी र पहिरोले गोसाइँकुण्ड गाउँपालिकाको ठाउँ ठाउँमा बाटो संरचना भत्किएको छ । गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार बाढी र पहिरोले कम्तीमा १० स्थानमा सडक भत्काउँदा उद्धार तथा राहत कार्य ठप्प बनेको छ ।

‘नौदेखि दश ठाउँमा बाटो भत्किएको छ, उद्धार र राहत सम्भव हुन सकिरहेको छैन, अध्यक्ष तामाङले भने। बाढीले टिमुरे र रसुवागढी क्षेत्रमा अत्यधिक क्षति गरेको स्थानीय प्रशासनका पदाधिकारीको भनाइ छ । नेपाल–चीन जोड्ने मितेरी पुल पूर्णरूपमा बगाइसकेको छ। ड्राइपोर्टमा राखिएका विद्युतीय गाडीहरू बगेका छन्।

उनका अनुसार अहिलेसम्म ९ जनाको उद्धार गरिएको छ । मौसम अझै प्रतिकूल भएकोले थप उद्धार कार्य जटिल बनेको उनले बताए।

स्थानीय बस्तीमा बाढी पसेको छैन, तर खोलाको किनारमा रहेका हाइड्रोपावर र ड्राइपोर्टका संरचनाहरूमा गम्भीर क्षति पुगेको बताइएको छ। अध्यक्ष तामाङ अहिले सदरमुकाम धुन्चेबाट समन्वय गरिरहेको बताए। माथिल्लो क्षेत्रमा पानी पर्न अझै नरोकिएकाले जोखिम कायमै छ, सबैलाई सतर्क रहन उनले आग्रह गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 July 2025
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने