भोटेकोशीमा आएको बाढीबाट हालसम्म १८ जना सम्पर्क विहीन

भोटेकोशीमा आएको बाढीबाट हालसम्म १८ जना सम्पर्क विहीन : Icon Khabar

काठमाडौं, असार २४ । भोटेकोशीमा आएको बाढीबाट हालसम्म १८ जना सम्पर्क विहीन भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । लेन्दे खोलामा आएको बाढी भोटेकोशीमा मिसिएको थियो ।

सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, बाढीमा परी नेपाल प्रहरीका तीन जना, भन्सार कार्यालय यार्डमा काम गर्ने नौजना र ६ जना चिनिया नागरिक सहित १८ जना सम्पर्क विहीन भएका हुन् ।

बाढीले एक दर्जनभन्दा बढी गाडी र नेपाल चीन सीमामा जोड्ने मितेरी पुल बगाएको छ ।

Published Date: 08 July 2025


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता