रसुवा, असार २४ । रसुवा जिल्लाको नेपाल-चीन सिमानास्थित लेन्देखोलामा आएको भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ।
उक्त बाढीले रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक कन्टेनर, इभी गाडीहरूसमेत बगाएर लगेको पुष्टि भएको छ। मानविय क्षतिसमेत भएको आशंका गरिएको छ । तर कति क्षति भयो भन्ने तथ्यांक आएको छैन् ।
त्यस्तै, सीमापारी चीनको क्षेत्रमा रहेका मालवाहक गाडीहरू पनि नदी थुनिँदा डुबानमा परेको अवस्था छ। यस प्राकृतिक विपत्तिले ठूलो मात्रामा क्षति भएको आशंका गरिएको छ।
Published Date: 08 July 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news