डेंगु सङ्क्रमितको संख्या १६ सय ७३ पुग्यो

डेंगु सङ्क्रमितको संख्या १६ सय ७३ पुग्यो : Icon Khabar

काठमाडौँ, असार १९ । डेंगु सङ्क्रमितको संख्या १६ सय ७३ पुगेको छ । सातै प्रदेशमामा डेंगु सङ्क्रमितको संख्या क्रमशः बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको एक सातामा ७१ वटा नयाँ डेंगुका केस पुष्टि भएको छ ।

गएको सात दिनमा सबैभन्दा धेरै २० जना गण्डकी प्रदेशमा र कम १ जना कर्णालीमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, १५ कोसी, १५ बागमती, १२ लुम्बिनी, ५ मधेस, ३ सुदूरपञ्चिममा रहेको छ ।

गएको पुस महिनायता सात प्रदेशमध्ये बागमती प्रदेशमा बढी सङ्क्रमित छन् भने कम मधेस प्रदेशमा सङ्क्रमित भएको पाइएको छ । सङ्क्रमितको संख्या क्रमशः ४ सय ४ बागमती, ३ सय ५८ गण्डकी, ३ सय ३४ कोसी, २ सय ७८ लुम्बिनी, २ सय ३२ सुदुरपञ्चिम, ३६ कर्णाली र ३१ मधेस प्रदेशमा डेंगु सङ्क्रमण पुष्टि भएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 July 2025
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू