डेंगु सङ्क्रमितको संख्या १६ सय ७३ पुग्यो

डेंगु सङ्क्रमितको संख्या १६ सय ७३ पुग्यो : Icon Khabar

काठमाडौँ, असार १९ । डेंगु सङ्क्रमितको संख्या १६ सय ७३ पुगेको छ । सातै प्रदेशमामा डेंगु सङ्क्रमितको संख्या क्रमशः बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको एक सातामा ७१ वटा नयाँ डेंगुका केस पुष्टि भएको छ ।

गएको सात दिनमा सबैभन्दा धेरै २० जना गण्डकी प्रदेशमा र कम १ जना कर्णालीमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, १५ कोसी, १५ बागमती, १२ लुम्बिनी, ५ मधेस, ३ सुदूरपञ्चिममा रहेको छ ।

गएको पुस महिनायता सात प्रदेशमध्ये बागमती प्रदेशमा बढी सङ्क्रमित छन् भने कम मधेस प्रदेशमा सङ्क्रमित भएको पाइएको छ । सङ्क्रमितको संख्या क्रमशः ४ सय ४ बागमती, ३ सय ५८ गण्डकी, ३ सय ३४ कोसी, २ सय ७८ लुम्बिनी, २ सय ३२ सुदुरपञ्चिम, ३६ कर्णाली र ३१ मधेस प्रदेशमा डेंगु सङ्क्रमण पुष्टि भएको पाइएको छ ।

Published Date: 03 July 2025


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर