स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने

स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने : Icon Khabar

काठमाडौँ, असार १९ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले असार २७ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रूपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १ हजार १५५ कित्ता सेयर कर्मचारीहरूका लागि, ११ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइ प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका २३ लाख १० हजार रूपैयाँ बराबरको २३ हजार १०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

सो आइपिओमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ। यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कमपनीलाई एक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ बी एटदरेट’ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Published Date: 03 July 2025


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर