आलुको सेवनले कोलेस्ट्रोलको खतरा हुन्छ ?

आलुको सेवनले कोलेस्ट्रोलको खतरा हुन्छ ? : Icon Khabar

काठमाडौं, असार १९ । नेपाली भान्सामा आलु अति नै सामान्य तरकारी हो । यद्यपि, स्वास्थ्यको दृष्टिकोणले भने आलुको नियमित सेवनमा विचार पुर्याउनु पर्ने भएको छ । प्रायः हरेक घरमा दैनिक रूपमा उपभोग गरिने आलुलाई तरकारीको राजा पनि भनिन्छ । आलुको तरकारी, समोसा, फ्रेन्च फ्राइजदेखि कटलेट्स सम्ममा यसको प्रयोग व्यापक छ ।

तर, के आलु स्वास्थ्यका लागि साँच्चै सुरक्षित छ त ? कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्याको बढ्दो दरसँगै यो प्रश्न उठेको छ ।

कोलेस्ट्रोल बढ्दो खतरा
विशेषज्ञहरूका अनुसार, कोलेस्ट्रोल त्यस्तो अवस्था हो जसमा रगतमा बोसोको मात्रा बढ्छ, जसले हार्ट अट्याक, ब्लकेज अथवा स्ट्रोकको जोखिम बढाउँछ । धेरै मानिसहरू के सोच्छन् भने आलु वोसोयुक्त हुन्छ, तर यथार्थ फरक छ ।

प्राकृतिक आलुमा छैन कोलेस्ट्रोल
पोषणविद्हरू भन्छन्– ‘उमालिएको अथवा पोलेको सादा आलुमा कोलेस्ट्रोल हुँदैन । यसमा कार्बोहाइड्रेट्स, फाइबर, पोटासियम, भिटामिन सि र बि सिक्स पाइन्छ, जसले शरीरलाई ऊर्जा दिन्छ र पाचन प्रणालीलाई सुदृढ बनाउँछ ।

तर, जब आलु तेलमा तारेको अथवा बटर, क्रिम र चीजसँग मिसाएर तयार गरिन्छ, तब यो अप्रत्यक्ष रूपमा कोलेस्ट्रोलको स्तर बढाउन सक्ने खतरा हुन्छ ।

उच्च कोलेस्ट्रोल भएका बिरामीहरूका लागि सुझाव

पोषणविद्हरू भन्छन्– ‘डाइटबाट आलु पूर्ण रूपमा हटाउनु आवश्यक छैन, तर यसलाई स्वस्थ तरिकाले तयार गर्नु महत्त्वपूर्ण छ ।’

उमालेको अथवा पोलिएको आलु उपयुक्त
आलु बोक्रासहित खाँदा फाइबर मिल्छ, त्यसैले आलुलाई साइड डिशको रूपमा सीमित मात्रामा सेवन गर्नु पर्छ । आलुलाई कम तेल र मसालामा पकाउनु पर्छ । ओलिभ तेल र ताजा मसाला प्रयोग गर्नु पर्छ ।

कस्तो अवस्थामा आलु हानिकारक हुन्छ ?
समोसा, फ्रेन्च फ्राइज, पकौडा अथवा आलु टिक्कीजस्ता डीप फ्राइ गरिएको आलु प्याकेटमा पाइने आलु चिप्स र प्रोसेस्ड स्न्याक्स
चीज, क्रिम वा मेयोनीजसहितको आलु यी सबै प्रकारका तयारीले कोलेस्ट्रोल स्तर उच्च बनाउन सक्छ, जसले हृदय स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ ।

पोषणविद्हरूको अनुसार, आलु स्वयंमा हानिकारक होइन । तर, त्यसलाई कसरी पकाइन्छ ? र कति मात्रामा खाइन्छ ? भन्ने कुरामा ध्यान दिनु आवश्यक छ । यदि सही तरिकाले पकाइएर सन्तुलित मात्रामा खाइयो भने, आलु दैनिक उर्जाको एक राम्रो स्रोत बन्न सक्छ ।

डाइटिसियनको सल्लाहअनुसार डाइटमा आलु समावेश गर्दा, स्वास्थ्य र स्वाद दुबैमा सन्तुलन कायम गर्न सकिन्छ ।

Published Date: 03 July 2025


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी