आलुको सेवनले कोलेस्ट्रोलको खतरा हुन्छ ?

आलुको सेवनले कोलेस्ट्रोलको खतरा हुन्छ ? : Icon Khabar

काठमाडौं, असार १९ । नेपाली भान्सामा आलु अति नै सामान्य तरकारी हो । यद्यपि, स्वास्थ्यको दृष्टिकोणले भने आलुको नियमित सेवनमा विचार पुर्याउनु पर्ने भएको छ । प्रायः हरेक घरमा दैनिक रूपमा उपभोग गरिने आलुलाई तरकारीको राजा पनि भनिन्छ । आलुको तरकारी, समोसा, फ्रेन्च फ्राइजदेखि कटलेट्स सम्ममा यसको प्रयोग व्यापक छ ।

तर, के आलु स्वास्थ्यका लागि साँच्चै सुरक्षित छ त ? कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्याको बढ्दो दरसँगै यो प्रश्न उठेको छ ।

कोलेस्ट्रोल बढ्दो खतरा
विशेषज्ञहरूका अनुसार, कोलेस्ट्रोल त्यस्तो अवस्था हो जसमा रगतमा बोसोको मात्रा बढ्छ, जसले हार्ट अट्याक, ब्लकेज अथवा स्ट्रोकको जोखिम बढाउँछ । धेरै मानिसहरू के सोच्छन् भने आलु वोसोयुक्त हुन्छ, तर यथार्थ फरक छ ।

प्राकृतिक आलुमा छैन कोलेस्ट्रोल
पोषणविद्हरू भन्छन्– ‘उमालिएको अथवा पोलेको सादा आलुमा कोलेस्ट्रोल हुँदैन । यसमा कार्बोहाइड्रेट्स, फाइबर, पोटासियम, भिटामिन सि र बि सिक्स पाइन्छ, जसले शरीरलाई ऊर्जा दिन्छ र पाचन प्रणालीलाई सुदृढ बनाउँछ ।

तर, जब आलु तेलमा तारेको अथवा बटर, क्रिम र चीजसँग मिसाएर तयार गरिन्छ, तब यो अप्रत्यक्ष रूपमा कोलेस्ट्रोलको स्तर बढाउन सक्ने खतरा हुन्छ ।

उच्च कोलेस्ट्रोल भएका बिरामीहरूका लागि सुझाव

पोषणविद्हरू भन्छन्– ‘डाइटबाट आलु पूर्ण रूपमा हटाउनु आवश्यक छैन, तर यसलाई स्वस्थ तरिकाले तयार गर्नु महत्त्वपूर्ण छ ।’

उमालेको अथवा पोलिएको आलु उपयुक्त
आलु बोक्रासहित खाँदा फाइबर मिल्छ, त्यसैले आलुलाई साइड डिशको रूपमा सीमित मात्रामा सेवन गर्नु पर्छ । आलुलाई कम तेल र मसालामा पकाउनु पर्छ । ओलिभ तेल र ताजा मसाला प्रयोग गर्नु पर्छ ।

कस्तो अवस्थामा आलु हानिकारक हुन्छ ?
समोसा, फ्रेन्च फ्राइज, पकौडा अथवा आलु टिक्कीजस्ता डीप फ्राइ गरिएको आलु प्याकेटमा पाइने आलु चिप्स र प्रोसेस्ड स्न्याक्स
चीज, क्रिम वा मेयोनीजसहितको आलु यी सबै प्रकारका तयारीले कोलेस्ट्रोल स्तर उच्च बनाउन सक्छ, जसले हृदय स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ ।

पोषणविद्हरूको अनुसार, आलु स्वयंमा हानिकारक होइन । तर, त्यसलाई कसरी पकाइन्छ ? र कति मात्रामा खाइन्छ ? भन्ने कुरामा ध्यान दिनु आवश्यक छ । यदि सही तरिकाले पकाइएर सन्तुलित मात्रामा खाइयो भने, आलु दैनिक उर्जाको एक राम्रो स्रोत बन्न सक्छ ।

डाइटिसियनको सल्लाहअनुसार डाइटमा आलु समावेश गर्दा, स्वास्थ्य र स्वाद दुबैमा सन्तुलन कायम गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 03 July 2025
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू