जिल्ला सरकारी वकिलको कार्यालयद्वारा रास्वपा अध्यक्ष लामिछानेविरुद्ध उजुरी नगर्ने निर्णय

जिल्ला सरकारी वकिलको कार्यालयद्वारा रास्वपा अध्यक्ष लामिछानेविरुद्ध उजुरी नगर्ने निर्णय : Icon Khabar

काठमाडौं, फागुन ३ । जिल्ला सरकारी वकिलको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध जाहेरी दिन आवश्यक नरहेको निर्णय गरेको छ ।

सिन्धुलीका युवराज पौडेल (सफल)ले लामिछानेले गलत सूचना दिएर नागरिकता खारेज गरी राहदानी बनाएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए । तर सर्वोच्च अदालतले लामिछानेको नागरिकता मुद्दामा गरेको फैसलाको पूर्णपाठ जारी गर्न बाँकी रहेकाले प्रहरीले यस विषयमा मुद्दा दर्ता गर्न मानेन ।

त्यसपछि पौडेलले प्रहरीले उजुरी लिन अस्वीकार गरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले यस विषयमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको जानकारी पाएकाले यस विषयमा केही गर्नु नपर्ने भन्दै उजुरी स्थगित गर्ने निर्णय गरेको हो ।

‘यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय काठमाडौंमा परेको उजुरीका सम्बन्धमा अनुसन्धान थालिएको छ, अनुसन्धानपछि यहाँ परेको उजुरीमा थप केही गर्नुपर्दैन’, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले भने ।

जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी तथा अध्यागमन विभागसँग लामिछानेको राहदानीबारे विवरण मागेको थियो । सरकारी वकिलको कार्यालयले जिल्ला प्रशासन कार्यालय बाहेक अन्य निकायबाट कुनै प्रतिक्रिया नआएको बताएको छ । जिल्ला प्रशासन कार्यालयले रवि लामिछानेले नागरिकताको अभिलेख भेटिएको भन्दै जवाफ लेखेको सरकारी वकिलले बताए ।

केही महिनाअघि लामिछानेको राहदानी विरुद्ध गृह मन्त्रालयमा उजुरी परेको र जिल्ला प्रहरी कार्यालय काठमाडौं मार्फत जिल्ला प्रहरी कार्यालय काठमाडौं पुगेको थियो । सरकारी वकिल कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका क्रममा अध्यागमन विभाग, राहदानी विभागलगायत निकायसँग जानकारी मागेको पाइएको थियो ।

अब प्रहरी अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाएपछि मात्र जिल्ला सरकारी वकिलको कार्यालयले अध्ययन गरी थप निर्णय गर्ने बताइएको छ ।

Published Date: 15 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?