जिल्ला सरकारी वकिलको कार्यालयद्वारा रास्वपा अध्यक्ष लामिछानेविरुद्ध उजुरी नगर्ने निर्णय

जिल्ला सरकारी वकिलको कार्यालयद्वारा रास्वपा अध्यक्ष लामिछानेविरुद्ध उजुरी नगर्ने निर्णय : Icon Khabar

काठमाडौं, फागुन ३ । जिल्ला सरकारी वकिलको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध जाहेरी दिन आवश्यक नरहेको निर्णय गरेको छ ।

सिन्धुलीका युवराज पौडेल (सफल)ले लामिछानेले गलत सूचना दिएर नागरिकता खारेज गरी राहदानी बनाएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए । तर सर्वोच्च अदालतले लामिछानेको नागरिकता मुद्दामा गरेको फैसलाको पूर्णपाठ जारी गर्न बाँकी रहेकाले प्रहरीले यस विषयमा मुद्दा दर्ता गर्न मानेन ।

त्यसपछि पौडेलले प्रहरीले उजुरी लिन अस्वीकार गरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले यस विषयमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको जानकारी पाएकाले यस विषयमा केही गर्नु नपर्ने भन्दै उजुरी स्थगित गर्ने निर्णय गरेको हो ।

‘यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय काठमाडौंमा परेको उजुरीका सम्बन्धमा अनुसन्धान थालिएको छ, अनुसन्धानपछि यहाँ परेको उजुरीमा थप केही गर्नुपर्दैन’, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले भने ।

जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी तथा अध्यागमन विभागसँग लामिछानेको राहदानीबारे विवरण मागेको थियो । सरकारी वकिलको कार्यालयले जिल्ला प्रशासन कार्यालय बाहेक अन्य निकायबाट कुनै प्रतिक्रिया नआएको बताएको छ । जिल्ला प्रशासन कार्यालयले रवि लामिछानेले नागरिकताको अभिलेख भेटिएको भन्दै जवाफ लेखेको सरकारी वकिलले बताए ।

केही महिनाअघि लामिछानेको राहदानी विरुद्ध गृह मन्त्रालयमा उजुरी परेको र जिल्ला प्रहरी कार्यालय काठमाडौं मार्फत जिल्ला प्रहरी कार्यालय काठमाडौं पुगेको थियो । सरकारी वकिल कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका क्रममा अध्यागमन विभाग, राहदानी विभागलगायत निकायसँग जानकारी मागेको पाइएको थियो ।

अब प्रहरी अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाएपछि मात्र जिल्ला सरकारी वकिलको कार्यालयले अध्ययन गरी थप निर्णय गर्ने बताइएको छ ।

Published Date: 15 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा