भारतीय स्थल सेनाका पाँच जना पूर्वप्रमुख एकसाथ नेपाल आउने

भारतीय स्थल सेनाका पाँच जना पूर्वप्रमुख एकसाथ नेपाल आउने : Icon Khabar

काठमाडौं, फागुन ३ । भारतीय स्थल सेनाका पाँच जना पूर्वप्रमुख एकसाथ नेपाल आउने भएका छन् । नेपाली सेनाको स्थापना दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा भाग लिन पूर्वप्रमुखहरु एकसाथ नेपाल आउन लागेका हुन् ।

हरेक वर्ष महाशिवरात्रिको दिन सेना दिवस मनाइने गर्छ । यो पटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रमहरु गर्न लागिएको जनाइएको छ । जसमा भारतका बहालवाला सेनापतिसहित ११ पूर्व सेना प्रमुखहरुलाई नेपाली सेनाले आमन्त्रण गरेको छ ।
आमन्त्रण गरेका ११ मध्ये पाँच पूर्वभारतीय सेनाध्यक्ष नेपाल आउने तय भएको नेपाली सेनाले जनाएको छ । काठमाडौं आउने तय भएका भारतीय सेनाका पूर्व प्रमुखहरु विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, दलवीर सिंह र मनोजमुकुन्द नरवणे छन् ।

नेपाली सेनाले १० वर्षपछि विशेष कार्यक्रमकाबीच आफ्नो स्थापना दिवस मनाउन लागेको हो । यसअघि २५० औं स्थापना दिवश पनि विशेष कार्यक्रमकाबीच मनाएको थियो ।

नेपाली सेना र भारतीय सेनाबीच एकअर्काका प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन छ । फागुन ७ गते जंगी अड्डामा परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुने तय भएको छ ।

७ गते नै नेपाली सेनाको मुखपत्र सिपाही विमोचन गरिनेछ। यस्तै सैनिक इतिहाससम्बन्धी पुस्तक पनि विमोचन गरिने सेनाले जनाएको छ।

Published Date: 15 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?