+२ अध्ययनका लागि भक्तपुरको आदर्श आजाद नै किन ?

+२ अध्ययनका लागि भक्तपुरको आदर्श आजाद नै किन ? : Icon Khabar

भक्तपुर, असार १८ । भक्तपुर नगरपालिका–५ मा अवस्थित आदर्श आजाद माध्यमिक विद्यालय हाल एसइइ परीक्षाफलपछि +२ तहमा भर्ना लिने विद्यार्थीहरूको प्रमुख रोजाइ बन्न थालेको छ। विद्यालयले व्यवस्थापन, शिक्षा, कानुन, मानविकी र होटल म्यानेजमेन्ट संकायमा कक्षा ११ का लागि भर्ना खुला गरेको छ।

विद्यालयका अनुसार स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा, व्यवहारिक तालिम र अनुशासित वातावरण प्रदान गर्दै आएको यस शिक्षालयले विद्यार्थीको बौद्धिक मात्र नभई सामाजिक, नैतिक र नेतृत्व क्षमताको समेत विकासमा जोड दिँदै आएको छ।

एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरिएको विद्यालय प्रशासनले जानकारी दिएको छ। त्यसैगरी, अध्ययन शुल्क समेत न्यूनतम तोकिएको छ ।

पठनपाठन समय बिहान ६:३० देखि १० बजेसम्म तोकिएको छ भने शिक्षण कार्य अनुभवी तथा दक्ष शिक्षकहरूको समूहबाट सञ्चालन हुने विद्यालयले जनाएको छ।

विद्यालयले आगामी शैक्षिक सत्रका लागि इच्छुक विद्यार्थीहरूलाई छिटो सम्पर्क गरी सीट सुनिश्चित गर्न आग्रह गरेको छ र जसका लागि धमाधम फारम वितरण भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 July 2025
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू