+२ अध्ययनका लागि भक्तपुरको आदर्श आजाद नै किन ?

+२ अध्ययनका लागि भक्तपुरको आदर्श आजाद नै किन ? : Icon Khabar

भक्तपुर, असार १८ । भक्तपुर नगरपालिका–५ मा अवस्थित आदर्श आजाद माध्यमिक विद्यालय हाल एसइइ परीक्षाफलपछि +२ तहमा भर्ना लिने विद्यार्थीहरूको प्रमुख रोजाइ बन्न थालेको छ। विद्यालयले व्यवस्थापन, शिक्षा, कानुन, मानविकी र होटल म्यानेजमेन्ट संकायमा कक्षा ११ का लागि भर्ना खुला गरेको छ।

विद्यालयका अनुसार स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा, व्यवहारिक तालिम र अनुशासित वातावरण प्रदान गर्दै आएको यस शिक्षालयले विद्यार्थीको बौद्धिक मात्र नभई सामाजिक, नैतिक र नेतृत्व क्षमताको समेत विकासमा जोड दिँदै आएको छ।

एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरिएको विद्यालय प्रशासनले जानकारी दिएको छ। त्यसैगरी, अध्ययन शुल्क समेत न्यूनतम तोकिएको छ ।

पठनपाठन समय बिहान ६:३० देखि १० बजेसम्म तोकिएको छ भने शिक्षण कार्य अनुभवी तथा दक्ष शिक्षकहरूको समूहबाट सञ्चालन हुने विद्यालयले जनाएको छ।

विद्यालयले आगामी शैक्षिक सत्रका लागि इच्छुक विद्यार्थीहरूलाई छिटो सम्पर्क गरी सीट सुनिश्चित गर्न आग्रह गरेको छ र जसका लागि धमाधम फारम वितरण भैरहेको छ ।

Published Date: 02 July 2025


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर