जापानमा ९०० भन्दा बढी भूकम्पीय झड्काको महशुस

जापानमा ९०० भन्दा बढी भूकम्पीय झड्काको महशुस : Icon Khabar

टोकियो, असार १८ । जापानको दक्षिणी भागमा रहेको एक टापुमा गएको दुई सातामा ९०० भन्दा बढी भूकम्पीय झड्काको महशुस गरिएको छ । भूकम्पका कारण कुनै ठुलो क्षति भएको खबर प्राप्त भएको छैन तर जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको दक्षिणमा रहेको तोकारा टापु शृङ्खलामा अपराह्न ३ः३० बजे ५.५ म्याग्निच्यूडको भूकम्प गएपछि आपतकालीन पत्रकार सम्मेलन गरेको थियो ।

भूकम्प तथा सुनामी अवलोकन विभागका निर्देशक आयताका एबिताले भन्नुभयो, “जुन २१ देखि टोकारा टापु श्रृङ्खला वरपरका समुद्रमा भूकम्पीय गतिविधि निकै सक्रिय छ । “आज अपरान्ह ४ बजेसम्ममा यो सङ्ख्या ९०० नाघेको छ”, उहाँले भन्नुभयो, “यसको अन्त्य कहिले हुन्छ अनुमान गर्न कठिन भएको छ ।” टोकारा गाउँ प्रशासनले आफ्नो वेबसाइटमा भनेको छ, “लगातारको भूकम्पीय गतिविधिका कारण त्यहाँका बासिन्दाहरूमा ठुलो भूकम्पको त्रास बढेको छ । उनीहरू केही दिनदेखि राम्ररी सुत्नसम्म सकेका छैनन् । थकित भएका छन् ।”

एक स्थानीयले क्षेत्रीय प्रसारक एमबिसीसँग भने, “यो टापु निरन्तर हल्लिएको जस्तो महसुस भइरहेको छ । निदाउन पनि धेरै डरलाग्दो अवस्था छ ।”

“यो सबै कहिले अन्त्य हुन्छ भन्ने स्पष्ट छैन । मैले आफ्ना बच्चाहरूलाई अन्यत्र सार्ने वा घर खाली गर्ने कि नगर्ने भनेर सोच्नुपर्ने भएको छ,” अर्का एक बासिन्दाले भने । जेएमएका अनुसार यसअघि, सेप्टेम्बर २०२३ मा टोकारा क्षेत्रमा तीव्र भूकम्पीय गतिविधि देखिएको र ३४६ वटा भूकम्प रेकर्ड गरिएको थियो । – रासस/एएफपी

Published Date: 02 July 2025


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली