राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब रुपैयाँ तान्दै

राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब रुपैयाँ तान्दै : Icon Khabar

काठमाडौँ, असर १८ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी भदौ १८ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 July 2025
Website | + posts