विकास हाइड्रोपावरको आईपीओ खुल्यो

विकास हाइड्रोपावरको आईपीओ खुल्यो : Icon Khabar

काठमाडौं, असार १८ । सर्वसाधारणका लागि विकास हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ)मा आजदेखि आवेदन खुलेको छ ।

बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक सार्वजनिक सूचनामार्फत आईपीओमा आवेदन खुलेको जानकारी गराएको छ ।

कम्पनीले सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीको जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३ सय रुपैयाँ छ । यसअघि वैदेशिक रोजगारमा रहेका तथा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बाँडफाँट भइसकेको छ ।

न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । असार २२ गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ । सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा अनलाइन प्रणाली मेरोसेयरमार्फत आईपीओमा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

Published Date: 02 July 2025


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली