करिब १ हजार ७४ किलो गाँजा सहित चार जना पक्राउ

करिब १ हजार ७४ किलो गाँजा सहित चार जना पक्राउ : Icon Khabar

मकवानपुर, असार १७ । कैलाश गाउँपालिका-५ कटहरेबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ७४ किलो २ सय ५० ग्राम सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७३ वर्षीय हरि बहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले हरि बहादुर, बद्धि बहादुर, अरूण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मान बहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले हाल फरार गोकर्ण, मान बहादुर र सोमलालको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 July 2025
Website | + posts