देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा हातमा कालोपट्टि बाँधेर सेवा प्रदान

देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा हातमा कालोपट्टि बाँधेर सेवा प्रदान : Icon Khabar

काठमाडौँ, असार १७ । देशभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले हातमा कालोपट्टि बाँधेर सेवा प्रवाह गरेका छन् । नेपाल चिकित्सक सङ्घको पहिलो विरोधको कार्यक्रम अन्तर्गत मङ्गलवार चिकित्सक तथा स्वास्थ्यकर्मीले हातमा कालोपट्टि बाँधेर काम गरिरहेको सङ्घका महासचिव सञ्जीव तिवारीले बताए ।

हातमा कालोपट्टि बाँधेर ७२ घण्टा देशभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा प्रवाह गर्ने उनले बताए ।

चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले धमाधम चिकित्सक तथा अस्पतालमाथि क्षतिपूर्ति भराउन आदेश जारी गरेपछि नेपाल चिकित्सक सङ्घ विरोधमा उत्रिएको हो ।

नेपाल चिकित्सक सङ्घले उपभोक्ता संरक्षण ऐन २०७५ लाई आवश्यक संशोधनका लागि दबाब दिन सङ्घका महासचिव तिवारीको संयोजकत्वमा टास्कफोर्स गठन गर्ने निर्णय गरेको छ ।

उपचारको क्रममा चिकित्सकबाट त्रुटि भएमा उजुरी हेर्ने जिम्मेवार निकाय नेपाल मेडिकल काउन्सिल रहेको भन्दै यस्ता मुद्दा काउन्सिलमार्फत हेरिनुपर्ने डा.तिवारीले बताए ।

उपभोक्ता अदालतले उपचारमा लापरबाही गरेको मुद्दामा ओम अस्पताल ५० लाख ७० हजार, हिमालय अस्पताल र उपचारमा संलग्न चिकित्सकलाई १ करोड ४५ लाख र ग्राण्डी सिटी अस्पताल र उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरिएको थियो ।

Published Date: 01 July 2025


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर