देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा हातमा कालोपट्टि बाँधेर सेवा प्रदान

देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा हातमा कालोपट्टि बाँधेर सेवा प्रदान : Icon Khabar

काठमाडौँ, असार १७ । देशभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले हातमा कालोपट्टि बाँधेर सेवा प्रवाह गरेका छन् । नेपाल चिकित्सक सङ्घको पहिलो विरोधको कार्यक्रम अन्तर्गत मङ्गलवार चिकित्सक तथा स्वास्थ्यकर्मीले हातमा कालोपट्टि बाँधेर काम गरिरहेको सङ्घका महासचिव सञ्जीव तिवारीले बताए ।

हातमा कालोपट्टि बाँधेर ७२ घण्टा देशभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा प्रवाह गर्ने उनले बताए ।

चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले धमाधम चिकित्सक तथा अस्पतालमाथि क्षतिपूर्ति भराउन आदेश जारी गरेपछि नेपाल चिकित्सक सङ्घ विरोधमा उत्रिएको हो ।

नेपाल चिकित्सक सङ्घले उपभोक्ता संरक्षण ऐन २०७५ लाई आवश्यक संशोधनका लागि दबाब दिन सङ्घका महासचिव तिवारीको संयोजकत्वमा टास्कफोर्स गठन गर्ने निर्णय गरेको छ ।

उपचारको क्रममा चिकित्सकबाट त्रुटि भएमा उजुरी हेर्ने जिम्मेवार निकाय नेपाल मेडिकल काउन्सिल रहेको भन्दै यस्ता मुद्दा काउन्सिलमार्फत हेरिनुपर्ने डा.तिवारीले बताए ।

उपभोक्ता अदालतले उपचारमा लापरबाही गरेको मुद्दामा ओम अस्पताल ५० लाख ७० हजार, हिमालय अस्पताल र उपचारमा संलग्न चिकित्सकलाई १ करोड ४५ लाख र ग्राण्डी सिटी अस्पताल र उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 01 July 2025
Website | + posts
ताजा
पानी नपरेपछि काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरमा वायु प्रदुषण बढ्दै
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्यु दण्ड दिने फैसाला
राष्ट्र बैंकको खुद आम्दानी ८० अर्ब ४८ करोड रुपैयाँ
मुलुकभर तापक्रम घट्ने तथा चिसो बढ्ने क्रम जारी, सतर्क रहन आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )