काठमाडौं, असार १७ । नेप्से परिसूचक मंगलबार लगातार तेस्रो दिन बढेको हो । आज सूचक ३१.४४ विन्दुले बढेर २६६२.९२ विन्दुमा बन्द भएको छ । यस दिन ७ अर्ब ३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । विगत केही साताको करेक्सनपछि सेयर बजार पुनः उकालो लाग्न थालेको हो ।
आज ३०९ कम्पनीको १ करोड ५७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४६ करोड १६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा परेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधि विद्युत र बुटवल पावर कम्पनी रहेका छन् ।
Published Date: 01 July 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1