पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँले वृद्धि भएपछि

पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँले वृद्धि भएपछि : Icon Khabar

काठमाडौँ, असार १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज मध्यराति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँले वृद्धि गरेको हो ।

यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर चार रुपियाँले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ पुगेको छ । डिजल र मट्टितेल प्रतिलिटर १४९ रुपियाँ पुगेको छ । इण्डियन आयल निगमले आज पठाएको सूचीअनुसार यहाँ मूल्य वृद्धि गरिएको आइल निगमका पदाधिकारीहरुको भनाइ छ ।

यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।

Published Date: 01 July 2025


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर