आइएमई पे र खल्तीबीचको मर्जर प्रक्रिया सम्पन्न, साउन १ देखि एकीकृत कारोबार सुरु गर्ने

आइएमई पे र खल्तीबीचको मर्जर प्रक्रिया सम्पन्न, साउन १ देखि एकीकृत कारोबार सुरु गर्ने : Icon Khabar

काठमाडौँ, असार १६ । नेपालका दुई ठुला डिजिटल भुक्तानी सेवा प्रदायकहरू आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) र खल्ती प्राइभेट लिमिटेड (खल्ती)बिचको मर्जर प्रक्रिया सम्पन्न भएको छ । मर्जरपश्चात बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ ले आगामी १ साउन बिहीबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त भएसँगै दुई कम्पनीले एकीकृत कारोबारको मिति तय गरेका हुन् । नेपाल राष्ट्र बैंकले गत ४ असार र कम्पनी रजिष्ट्रारको कार्यालयले १२ असारमा मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

सोमबार दुवै कम्पनीले संयुक्त रूपमा जारी गरेको सूचनाअनुसार, खल्ती प्राइभेट लिमिटेडको सम्पूर्ण सम्पत्ति तथा दायित्व आइएमई डिजिटल सोलुसन लिमिटेडले सकार्ने गरी मर्जर प्रक्रिया टुङ्गिएको हो ।

मर्जरपश्चात कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ३, पानीपोखरीमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 June 2025
Website | + posts