निजामती कर्मचारीले कुनै राजनीतिक दल र नेताहरूको पक्ष विपक्षमा टिप्पणी गर्न निषेध

निजामती कर्मचारीले कुनै राजनीतिक दल र नेताहरूको पक्ष विपक्षमा टिप्पणी गर्न निषेध : Icon Khabar

काठमाडौं, असार १६ । निजामती कर्मचारीले सामाजिक सञ्जालमार्फत सार्वजनिक पदाधिकारी वा कुनै राजनीतिक दल र नेताहरूको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने कानूनी व्यवस्था गरिएको छ ।

प्रतिनिधि सभाबाट आइतवार पारित भएको संघीय निजामती सेवा विधेयकमा दफा ८९ मा सो व्यवस्था गरिएको हो ।

उच्च पदस्थ कर्मचारीले समेत राजनीतिक दलका नेता र कतिपय आफ्नै विभागीय व्यक्तिहरूको बारेमा समेत टीकाटिप्पणी गर्ने गरेकोमा नयाँ ऐनले सो कार्यलाई निरुत्साहन गरेको हो ।

सो दफा भनिएको छ–निजामती कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा सामाजिक द्वेष वा कलह बढ्ने,हिंसा भड्किने गरी वा सार्वजनिक पदाधिकारी वा कुनै राजनीतिक दल वा राजनीतिक दलको पदाधिकारीको पक्ष वा विपक्षमा कुनै टिप्पणी गर्न वा यस परिच्छेद विपरीत हुने गरी कुनै कुरा व्यक्त गर्न हुँदैन ।

त्यस्तै नयाँ ऐनबमोजिम निजामती कर्मचारीले कसैलाई यातना दिन नहुने, यौनजन्य दुर्व्यवहार गर्न नहुने, प्रदर्शन हडताल कलम बन्द वा तालाबन्दी गर्न नपाउनेलगायतका प्रावधान समेत समेटिएका छन् ।

Published Date: 30 June 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर