स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख : Icon Khabar

काठमाडौँ, असार १६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको स्वास्थ्य अवस्था सुधारोत्मुख रहेको उपचाररत अस्पतालले जनाएको छ । मन्त्री पौडेललाई शुक्रबार साँझदेखि ज्वरोसहितको समस्या देखिएसँगै शनिबार बिहान वीर अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालका निर्देशक डा. दिलीप शर्माले मन्त्री पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सोमबार जानकारी दिए ।

‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ,’ उनले भने, ‘निरन्तर निगरानीमा राखिएको छ ।’

मन्त्री पौडेल अस्पतलाको पुरानो भवनमा रहेको विशेष भीभीआईपी कक्षमा उपचाररत छन् । मन्त्री पौडेल बैंककको एक बैठकमा भाग लिई शुक्रबार स्वदेश फर्किएका थिए ।

उच्च ज्वरो, कमजोरी भएपछि सुरुमा उनलाई कोरोना वा डेंगु सङ्क्रमणको आशंका गरिएको थियो । यद्यपि परीक्षण गर्दा कोरोना र डेंगुको नेगेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

Published Date: 30 June 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर