काठमाडौँ, असार १६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको स्वास्थ्य अवस्था सुधारोत्मुख रहेको उपचाररत अस्पतालले जनाएको छ । मन्त्री पौडेललाई शुक्रबार साँझदेखि ज्वरोसहितको समस्या देखिएसँगै शनिबार बिहान वीर अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालका निर्देशक डा. दिलीप शर्माले मन्त्री पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सोमबार जानकारी दिए ।
‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ,’ उनले भने, ‘निरन्तर निगरानीमा राखिएको छ ।’
मन्त्री पौडेल अस्पतलाको पुरानो भवनमा रहेको विशेष भीभीआईपी कक्षमा उपचाररत छन् । मन्त्री पौडेल बैंककको एक बैठकमा भाग लिई शुक्रबार स्वदेश फर्किएका थिए ।
उच्च ज्वरो, कमजोरी भएपछि सुरुमा उनलाई कोरोना वा डेंगु सङ्क्रमणको आशंका गरिएको थियो । यद्यपि परीक्षण गर्दा कोरोना र डेंगुको नेगेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
Published Date: 30 June 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1