कस्मिक बचतको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, २८ जना रक्तदाताद्वारा रक्तदान

कस्मिक बचतको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, २८ जना रक्तदाताद्वारा रक्तदान : Icon Khabar

भक्तपुर, असार १५ । भक्तपुर इताछें स्थित कस्मिक बचत तथा ऋण सहकारी संस्था लिले संस्थाको २५औं स्थापना दिवस एवं रजत जयन्ती महोत्सवको उपलक्ष्यमा शनिवारका नःपुखु ,दूधपाटीमा खुल्ला रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ।

उक्त रक्तदान कार्यक्रममा २८ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । सो कार्यक्रममा इताछेंका राम श्रेष्ठ ५३ औं पल्ट रक्तदान गरे। त्यसैगरि खौमाका रमेश मल्लले ४९औं पल्ट र लिवाली भक्तपुरका अच्युत प्रजापतीले ४७ औं पटक रक्तदान गरेका थिए।

सो कार्यक्रममा रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद स्वरुप संस्थाका अध्यक्ष स्वयम्भू रत्न शाक्यले प्रशंसा पत्र प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 June 2025
Website | + posts