काठमाडौँ, असार १५ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक १.०२ प्रतिशत अर्थात २६.५३ अंकले बढेर २ हजार ६२२.२८ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०५ प्रतिशतले बढेर ४४८.६० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड ६४ लाख ९६ हजार ३५० कित्ता सेयर ७ अर्ब ६ करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘लामो समयदेखि साइवेज रहेको बजारमा आज सुधार देखिएको छ । यसले बजारमा लगभग बटम लागिसकेको जनाएको छ । स्मार्ट र बिग मनिले पनि सेयर कलेक्सन गरेका हुन सक्छन् ।’
उनले आज राम्रा बैंकहरुको सेयरमूल्य बढ्नुलाई सकारात्मक रुपमा लिन सकिने बताए । पछिल्लोपटक लगानीकर्तामा विश्वास बढेकाले बजारमा विस्तारै सुधार आउने उनले दाबी गरे । यद्यपी बजारमा सानोतिनो करेक्सन आउन सक्ने तर अगस्टबाट भने राम्रो गति लिनेमा विश्वास गर्न सकिने उनले बताए ।
नेपाल सेयरधनी संघका उपाध्यायक्ष कमलराज अधिकारीले पछिल्लो समयको सेयर बजारमो गिरावटमा ब्रेक लागेको बताए । ‘अब विस्तारै बजार माथि नै लाग्ने हो । सेयर बजारप्रति नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायतका निकायमहरु सकारात्मक नै छन् । नीतिमा सुधार आईरहेको छ,’ उनले भने
यस्तै उनले बजारमा असार मसान्तको प्रभाव पनि समाप्त भएको दाबी गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । बैंकिङ समूह आज सर्वाधिक अर्थात २.१६ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.६७ प्रतिशत, फाइनान्स, ०.६८, होटल ०.२५, हाईड्रो ०ं५८, लगानी ०.४७, जीवन बीमा ०.९९,लघुवित्त १.९७, म्युचुअल फण्ड ०.४१, निर्जीवन बीमा ०.५५, अन्य १.४९ र व्यापार समूह ०.२७ प्रतिशतले बढ्यो ।
उत्पादन तथा प्रशोधन समूह मात्रै आज ०.४६ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन साहस उर्जा लिमिटेडको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ५७ करोड ५७ लाख बढीको सेयर कारोबार भयो । बुटवल पावर कम्पनीको पनि आज ३४ करोड ५६ लाख, युनियन हाईड्रोको २४ करोड ९ लाख, ङादी ग्रुप पावरको २३ करोड १६ लाख र राधी विद्युत कम्पनीको २१ करोड १८ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमभूल्यमा अपर सर्किट लाग्यो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा आज अपर सर्किट लाग्यो ।
विन्ध्यवासिनी हाईड्रोको सेयरमूल्य पनि आज ९.४९ प्रतिशत र ग्रिन भेन्चर्स लिमिटेडको ७.१६ प्रतिशतले बढ्यो ।
जोशी हाईड्रोपावरको सेयरमूल्य आज सर्वाधिक अर्थात ५.५७ प्रतिशतले घट्यो । युनिलिभर नेपालको पनि आज ३.४९ प्रतिशत र पञ्चकन्या माई हाईड्रोको ३.२० प्रतिशतले घट्यो ।
Published Date: 29 June 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1