आइतबार नेप्से परिसूचक २६.५३ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक २६.५३ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, असार १५ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक १.०२ प्रतिशत अर्थात २६.५३ अंकले बढेर २ हजार ६२२.२८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०५ प्रतिशतले बढेर ४४८.६० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड ६४ लाख ९६ हजार ३५० कित्ता सेयर ७ अर्ब ६ करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘लामो समयदेखि साइवेज रहेको बजारमा आज सुधार देखिएको छ । यसले बजारमा लगभग बटम लागिसकेको जनाएको छ । स्मार्ट र बिग मनिले पनि सेयर कलेक्सन गरेका हुन सक्छन् ।’

उनले आज राम्रा बैंकहरुको सेयरमूल्य बढ्नुलाई सकारात्मक रुपमा लिन सकिने बताए । पछिल्लोपटक लगानीकर्तामा विश्वास बढेकाले बजारमा विस्तारै सुधार आउने उनले दाबी गरे । यद्यपी बजारमा सानोतिनो करेक्सन आउन सक्ने तर अगस्टबाट भने राम्रो गति लिनेमा विश्वास गर्न सकिने उनले बताए ।

नेपाल सेयरधनी संघका उपाध्यायक्ष कमलराज अधिकारीले पछिल्लो समयको सेयर बजारमो गिरावटमा ब्रेक लागेको बताए । ‘अब विस्तारै बजार माथि नै लाग्ने हो । सेयर बजारप्रति नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायतका निकायमहरु सकारात्मक नै छन् । नीतिमा सुधार आईरहेको छ,’ उनले भने

यस्तै उनले बजारमा असार मसान्तको प्रभाव पनि समाप्त भएको दाबी गरे ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । बैंकिङ समूह आज सर्वाधिक अर्थात २.१६ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.६७ प्रतिशत, फाइनान्स, ०.६८, होटल ०.२५, हाईड्रो ०ं५८, लगानी ०.४७, जीवन बीमा ०.९९,लघुवित्त १.९७, म्युचुअल फण्ड ०.४१, निर्जीवन बीमा ०.५५, अन्य १.४९ र व्यापार समूह ०.२७ प्रतिशतले बढ्यो ।

उत्पादन तथा प्रशोधन समूह मात्रै आज ०.४६ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन साहस उर्जा लिमिटेडको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ५७ करोड ५७ लाख बढीको सेयर कारोबार भयो । बुटवल पावर कम्पनीको पनि आज ३४ करोड ५६ लाख, युनियन हाईड्रोको २४ करोड ९ लाख, ङादी ग्रुप पावरको २३ करोड १६ लाख र राधी विद्युत कम्पनीको २१ करोड १८ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमभूल्यमा अपर सर्किट लाग्यो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा आज अपर सर्किट लाग्यो ।

विन्ध्यवासिनी हाईड्रोको सेयरमूल्य पनि आज ९.४९ प्रतिशत र ग्रिन भेन्चर्स लिमिटेडको ७.१६ प्रतिशतले बढ्यो ।

जोशी हाईड्रोपावरको सेयरमूल्य आज सर्वाधिक अर्थात ५.५७ प्रतिशतले घट्यो । युनिलिभर नेपालको पनि आज ३.४९ प्रतिशत र पञ्चकन्या माई हाईड्रोको ३.२० प्रतिशतले घट्यो ।

Published Date: 29 June 2025


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु