रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति

रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति : Icon Khabar

भक्तपुर, असार १५ । आइकन मिडिया हाउस प्रा. लि र आइकन खबर डटकमद्वारा आयोजित “रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम २०८२” कार्यक्रम सम्पन्न भएको छ । यस वर्षको रोपाई जात्रालाई अझ रमाइलो र सांगीतिक बनाउन भक्तपुरका आरम्भ वाद्यशालाका युवा वाद्यवादकहरुले विशेष प्रस्तुति दिएका थिए ।

नेवा समुदायमा प्रचलित परम्परागत बाँसुरी बाजाको माध्यमबाट उनीहरुले रोपाईको उल्लास थप्दै सांस्कृतिक विविधतालाई उजागर गरेका थिए। कार्यक्रममा “असारे भाका – असारया सिन्हाज्या” लगायत नेपाली लोकगीत “असारे महिनामा” र “साउने खोलाका धूनहरु” समेत प्रस्तुत गरेका थिए ।

स्थानिय बासिन्दा, बालबालिका, युवा तथा वृद्ध सबैलाई तान्ने गरी प्रस्तुत गरिएको यो सांगीतिक कार्यक्रमले रोपाई पर्वको उत्साहमा थप रङ भरेको थियो।

आरम्भ वाद्यशालाका सदस्यहरुले संस्कृति संरक्षण र नव पुस्तालाई परम्परागत बाजासँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रम गर्दै आइरहेका छन्।

Published Date: 29 June 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर