रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति

रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति : Icon Khabar

भक्तपुर, असार १५ । आइकन मिडिया हाउस प्रा. लि र आइकन खबर डटकमद्वारा आयोजित “रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम २०८२” कार्यक्रम सम्पन्न भएको छ । यस वर्षको रोपाई जात्रालाई अझ रमाइलो र सांगीतिक बनाउन भक्तपुरका आरम्भ वाद्यशालाका युवा वाद्यवादकहरुले विशेष प्रस्तुति दिएका थिए ।

नेवा समुदायमा प्रचलित परम्परागत बाँसुरी बाजाको माध्यमबाट उनीहरुले रोपाईको उल्लास थप्दै सांस्कृतिक विविधतालाई उजागर गरेका थिए। कार्यक्रममा “असारे भाका – असारया सिन्हाज्या” लगायत नेपाली लोकगीत “असारे महिनामा” र “साउने खोलाका धूनहरु” समेत प्रस्तुत गरेका थिए ।

स्थानिय बासिन्दा, बालबालिका, युवा तथा वृद्ध सबैलाई तान्ने गरी प्रस्तुत गरिएको यो सांगीतिक कार्यक्रमले रोपाई पर्वको उत्साहमा थप रङ भरेको थियो।

आरम्भ वाद्यशालाका सदस्यहरुले संस्कृति संरक्षण र नव पुस्तालाई परम्परागत बाजासँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रम गर्दै आइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 June 2025
Website | + posts
ताजा
आइतबार नेप्से परिसूचक ५.१५ अंकले घट्यो
इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालद्वारा ‘Ecopanel’ नाम प्रयोगमा कडा चेतावनी
असोज महिनामा नेपालमा भित्रियो २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स
विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान केन्द्र तोक्न अध्यादेशको तयारी


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )