हरेक क्षण राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतहरुलाई मन्त्री मोदीको निर्देशन

हरेक क्षण राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतहरुलाई मन्त्री मोदीको निर्देशन : Icon Khabar

ललितपुर, फागुन ३ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले आफ्नो कार्यसम्पादनको हरेक क्षण राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतहरुलाई निर्देशन दिएका छन्।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ३६ औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री मोदीले कुनै पनि लोभको पछि नलागीकन राष्ट्रको हितको पक्षमा काम गर्न निर्देशन दिए।

“इजि मनी अर्नको अहिले फेसन चलिरहेको छ, कसरी हुन्छ, के गरी हुन्छ छिटो पैसा कमाउने कुरा अहिले फेसन बनेको छ” मन्त्री मोदीले भन्नुभयो, “तपाईसँग मेरो आग्रह छ भने तपाईहरुले आफ्नो प्रतिष्ठालाई बचाएर राष्ट्रको पक्षमा काम गर्नुस् ।”

मन्त्री मोदीले उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्नेतिर ध्यान दिन पनि आग्रह गरे । उनले भने, “अहिले सरुवाका लागि नेता र ठूला कर्मचारी बोकेर हिड्नुपर्ने अवस्था छ, तर तपाईहरुलाई मेरो आग्रह छ भने तपाईहरु राज्यले खोज्ने कर्मचारी बन्नुस्, फलाना कर्मचारी मेरो मन्त्रालयमा ल्याउन पाए हुन्थ्यो भन्नेसम्मका तरिकाले काम गर्नुस् ।”

लोक सेवामार्फत् हालै शाखा अधिकृतमा नियुक्त भएका २३९ जना प्रशिक्षणमा सहभागी छन् । प्रशिक्षण ६ महिनासम्म चल्नेछ ।

Published Date: 15 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?