हरेक क्षण राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतहरुलाई मन्त्री मोदीको निर्देशन

हरेक क्षण राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतहरुलाई मन्त्री मोदीको निर्देशन : Icon Khabar

ललितपुर, फागुन ३ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले आफ्नो कार्यसम्पादनको हरेक क्षण राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतहरुलाई निर्देशन दिएका छन्।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ३६ औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री मोदीले कुनै पनि लोभको पछि नलागीकन राष्ट्रको हितको पक्षमा काम गर्न निर्देशन दिए।

“इजि मनी अर्नको अहिले फेसन चलिरहेको छ, कसरी हुन्छ, के गरी हुन्छ छिटो पैसा कमाउने कुरा अहिले फेसन बनेको छ” मन्त्री मोदीले भन्नुभयो, “तपाईसँग मेरो आग्रह छ भने तपाईहरुले आफ्नो प्रतिष्ठालाई बचाएर राष्ट्रको पक्षमा काम गर्नुस् ।”

मन्त्री मोदीले उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्नेतिर ध्यान दिन पनि आग्रह गरे । उनले भने, “अहिले सरुवाका लागि नेता र ठूला कर्मचारी बोकेर हिड्नुपर्ने अवस्था छ, तर तपाईहरुलाई मेरो आग्रह छ भने तपाईहरु राज्यले खोज्ने कर्मचारी बन्नुस्, फलाना कर्मचारी मेरो मन्त्रालयमा ल्याउन पाए हुन्थ्यो भन्नेसम्मका तरिकाले काम गर्नुस् ।”

लोक सेवामार्फत् हालै शाखा अधिकृतमा नियुक्त भएका २३९ जना प्रशिक्षणमा सहभागी छन् । प्रशिक्षण ६ महिनासम्म चल्नेछ ।

Published Date: 15 February 2023
ताजा
प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर सार्वजनिक
मंगलबार सुनको भाउ तोलामै ३ हजार ७०० रुपैयाँले बढ्यो
काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक