बजारमा प्याजको मूल्य बढ्यो

बजारमा प्याजको मूल्य बढ्यो : Icon Khabar

भक्तपुर, असार १२ । बजारमा सुकेको प्याजको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।

बिहीबार कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४८ देखि अधिकतम ५० रूपैयाँमा कारोबार भएको छ।

एक साताअघिको तुलनामा यो प्रतिकिलो ६ रूपैयाँ बढी हो। एक साताअघि कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४२ देखि अधिकतम ४४ रूपैयाँमा कारोबार भएको थियो।

आपूर्तिको आधारमा मूल्य घटबढ हुन्छ। अहिले बजारमा भारतीय र नेपाली दुवै प्याज आइरहेको छ। व्यवसायीहरूका अनुसार प्याजको मूल्य थोरै मात्रामा मात्र घटबढ हुन्छ।

अन्य तरकारी वा फलफूलको जस्तो धेरै मूल्यको अन्तर हुँदैन।

Published Date: 26 June 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न