भक्तपुर, असार १२ । आज असार १२ गते भक्तपुरको टौमढी स्थित प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्वको पाँचतले मन्दिरको निर्माण ३२३ वर्ष पूरा भएको छ।
आजको दिनलाई ङातापोँलया बुसादाँ भनिन्छ। आज तान्त्रिक विधि अनुसार पूजापाठ र दानदक्षिणा दिने चलन छ। आजकै दिन मन्दिरको मूलढोका खोलेर सम्बन्धित जोशी, आचाजु, पुरोहितले सबैको सुख, शान्ति र जय होस् भनी विधि अनुसार पूजापाठ गर्ने र सामान्य सरसफाइ र मर्मत सम्भार सहित माथि गजुरमा ध्वजा चढाउने गरिन्छ ।
यस मन्दिर १८औँ शताव्दीमा भक्तपुरका मल्लकालीन राजा भुपतिन्द्र मल्लले बनाएका थिए । यस मन्दिर भित्र सिद्धीलक्ष्मीको मन्दिर छ । जुन देवीमा तान्त्रिक शक्तिको स्वरूपमा पनि लिइन्छ । नेपाल संवत ८२२ मा जम्मा ६ महिनामा यस मन्दिरको निर्माण सम्पन भएको बुझिन्छ।
Published Date: 26 June 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1