भक्तपुर टौमढिस्थित ङातापोल मन्दिर निर्माण भएको आज ३२३ वर्ष पूरा

भक्तपुर टौमढिस्थित ङातापोल मन्दिर निर्माण भएको आज ३२३ वर्ष पूरा : Icon Khabar
तस्बिर: किरण सुवाल

भक्तपुर, असार १२ । आज असार १२ गते भक्तपुरको टौमढी स्थित प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्वको पाँचतले मन्दिरको निर्माण ३२३ वर्ष पूरा भएको छ।

आजको दिनलाई ङातापोँलया बुसादाँ भनिन्छ। आज तान्त्रिक विधि अनुसार पूजापाठ र दानदक्षिणा दिने चलन छ। आजकै दिन मन्दिरको मूलढोका खोलेर सम्बन्धित जोशी, आचाजु, पुरोहितले सबैको सुख, शान्ति र जय होस् भनी विधि अनुसार पूजापाठ गर्ने र सामान्य सरसफाइ र मर्मत सम्भार सहित माथि गजुरमा ध्वजा चढाउने गरिन्छ ।

यस मन्दिर १८औँ शताव्दीमा भक्तपुरका मल्लकालीन राजा भुपतिन्द्र मल्लले बनाएका थिए । यस मन्दिर भित्र सिद्धीलक्ष्मीको मन्दिर छ । जुन देवीमा तान्त्रिक शक्तिको स्वरूपमा पनि लिइन्छ । नेपाल संवत ८२२ मा जम्मा ६ महिनामा यस मन्दिरको निर्माण सम्पन भएको बुझिन्छ।

Published Date: 26 June 2025








ताजा
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्यो
अरनिको राजमार्ग सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको काम सुस्त
आईपिएलमा चेन्नईको ऐतिहासिक जित: मुम्बई १०३ रनले पराजित
२०औं लोकतन्त्र दिवस: संघीय लोकतान्त्रिक गणतन्त्रको जगका रूपमा आज देशभर मनाइँदै








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा