बिहिबार बढ्यो सुनको मूल्य

बिहिबार बढ्यो सुनको मूल्य : Icon Khabar

काठमाडौँ, असार १२ । सुनको ओरालो यात्रा थामिएको छ । स्थानिय बजारमा विगत केही दिनदेखि घटिरहेको सुनको मूल्य आज बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुन ३ सय रुपैयाँले महङ्गिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९२ हजारमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १७५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 June 2025
Website | + posts