अहिले ११ बजेदेखि दिउँसो १ बजेसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द हुने

अहिले ११ बजेदेखि दिउँसो १ बजेसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द हुने : Icon Khabar

चितवन, असार १२ । नारायणगढ-मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ ।

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । हेटौंडाबाट लामो एक्स्काभेटर ल्याएर अड्केका ढुंगा झार्न लागेको उनले बताए ।

तुइन खोलामा बेलाबेलामा पहिरो गएर बाटो थुनिने गरेको छ । पहिरोको जोखिम ल्याउन सक्ने ठूला ढुंगा हटाउनका लागि सडक बन्द गर्न लागिएको हो ।

असार ३ गते सुक्खा पहिरो खस्दा दिउँसो ४ घण्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो । साना ढुंगा खसेर गाडीमा क्षति समेत पुगेको थियो ।

बाटो खुलेपछि पनि लेनअनुसार गाडी चलाएर सहयोग गर्न डिभिजन सडक कार्यालयले अपिल गरेको छ ।

Hope IVF
Global IME Updated May 12

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 June 2025
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित