नेपालको संसदमा राजनीतिक चलचित्र चलिरह्यो : सांसद असिम शाह

नेपालको संसदमा राजनीतिक चलचित्र चलिरह्यो : सांसद असिम शाह : Icon Khabar

काठमाडौँ, फागुन ३ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टिका संसद असिम शाहले नेपालको संसदमा राजनीतिक चलचित्र चलिरहेको संज्ञा दिएका छन्।

आफु चलचित्र निर्देशन छोडेर देश बनाउने हुतहुतिले राजनीतिमा आएको भन्दै आफुले निर्माण गरेको चलचित्रमा नायक को हो र खलनायक को हो भन्ने कुरा स्पष्ट हुने तर यो राजनीतिक चलचित्रमा नायक र खलनायक चिन्न गाह्रो भएको बताए। सांसद शाहले रास्वपा सांसद रवि लामिछानेलाई इंगित गर्दै राजनीतिक चलचित्रमा एउटा पात्रलाई डाँडा कटाइएको बताए।

उनले भने, ‘एउटा हाम्रो पात्रलाई यसरी डाँडा कटाइएको छ, मानौ ऊ कहिले पनि फर्केर आउँदैन, तर अहिले त मध्यान्तर पनि भइसकेको छैन, हाम्रो पात्र आउँछ।’

संसदमा देखाइरहेको चलचित्रका पट्कथाकर हो हुन्, निर्देशक को हुन्, राष्ट्रिय हुन् कि अन्तराष्ट्रिय हुन् भनेर संसदमा प्रश्न गरे। अहिलेको युवा पुस्ताले राजनीतिलाई षड्यन्त्र र जालझेलको रुपमा बुझेको भन्दै उनले पाँच वर्षम यो भाष्य परिवर्तन गर्नुपर्ने धारणा राखे।

साथै सांसद शाहले संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सांसदहरुको बायोमेट्रिक हाजिरको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 February 2023
Website | + posts
ताजा
काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह
साइकल कनेक्ट भक्तपुर र जुजु बाइक्सबीच विशेष सहकार्य सम्झौता सम्पन्न
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आज डेंगु रोग नियन्त्रणको लागि मेगा अभियान सञ्चालन गरिँदै


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू