नेपालको संसदमा राजनीतिक चलचित्र चलिरह्यो : सांसद असिम शाह

नेपालको संसदमा राजनीतिक चलचित्र चलिरह्यो : सांसद असिम शाह : Icon Khabar

काठमाडौँ, फागुन ३ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टिका संसद असिम शाहले नेपालको संसदमा राजनीतिक चलचित्र चलिरहेको संज्ञा दिएका छन्।

आफु चलचित्र निर्देशन छोडेर देश बनाउने हुतहुतिले राजनीतिमा आएको भन्दै आफुले निर्माण गरेको चलचित्रमा नायक को हो र खलनायक को हो भन्ने कुरा स्पष्ट हुने तर यो राजनीतिक चलचित्रमा नायक र खलनायक चिन्न गाह्रो भएको बताए। सांसद शाहले रास्वपा सांसद रवि लामिछानेलाई इंगित गर्दै राजनीतिक चलचित्रमा एउटा पात्रलाई डाँडा कटाइएको बताए।

उनले भने, ‘एउटा हाम्रो पात्रलाई यसरी डाँडा कटाइएको छ, मानौ ऊ कहिले पनि फर्केर आउँदैन, तर अहिले त मध्यान्तर पनि भइसकेको छैन, हाम्रो पात्र आउँछ।’

संसदमा देखाइरहेको चलचित्रका पट्कथाकर हो हुन्, निर्देशक को हुन्, राष्ट्रिय हुन् कि अन्तराष्ट्रिय हुन् भनेर संसदमा प्रश्न गरे। अहिलेको युवा पुस्ताले राजनीतिलाई षड्यन्त्र र जालझेलको रुपमा बुझेको भन्दै उनले पाँच वर्षम यो भाष्य परिवर्तन गर्नुपर्ने धारणा राखे।

साथै सांसद शाहले संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सांसदहरुको बायोमेट्रिक हाजिरको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

Published Date: 15 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा