रोकिएन शेयर बजारको गिरावट

रोकिएन शेयर बजारको गिरावट : Icon Khabar

काठमाडौं, फागुन ३ । बुधबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से १३.९० अंकले घटेर दुई हजार ९१ दशमलव ५६ विन्दुमा बन्द भएको हो । मंगलबार पनि नेप्से १६.४० अंकले घटेर दुई हजार एक सय ५ दशमलव ४६ विन्दुमा बन्द भएको थियो ।

नेप्सेसँगै, आज  कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा एक अर्ब ७३ करोड २५ लाख बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ७८ करोड ७० लाख बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये ३७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७६ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य ८.५४ प्रतिशतले बढेर प्रतिकित्ता २२ हजार रुपैयाँ पुगेको हो ।

आज गरिमा डिभेञ्चर २०८५ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । आज सबैभन्दा बढी अपी पावर कम्पनीको कारोबार भएको छ । यसको आज ६ करोड २० लाखभन्दा बढीको कारोबार भएको छ ।

Published Date: 15 February 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड