रोकिएन शेयर बजारको गिरावट

रोकिएन शेयर बजारको गिरावट : Icon Khabar

काठमाडौं, फागुन ३ । बुधबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से १३.९० अंकले घटेर दुई हजार ९१ दशमलव ५६ विन्दुमा बन्द भएको हो । मंगलबार पनि नेप्से १६.४० अंकले घटेर दुई हजार एक सय ५ दशमलव ४६ विन्दुमा बन्द भएको थियो ।

नेप्सेसँगै, आज  कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा एक अर्ब ७३ करोड २५ लाख बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ७८ करोड ७० लाख बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये ३७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७६ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य ८.५४ प्रतिशतले बढेर प्रतिकित्ता २२ हजार रुपैयाँ पुगेको हो ।

आज गरिमा डिभेञ्चर २०८५ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । आज सबैभन्दा बढी अपी पावर कम्पनीको कारोबार भएको छ । यसको आज ६ करोड २० लाखभन्दा बढीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 February 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने