सरकारद्वारा इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन सुरु

सरकारद्वारा इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन सुरु : Icon Khabar

काठमाडौं, असार ४ । सरकारले इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन सुरु गरेको छ ।

इरानसँगको संघर्ष चर्किएकाले नेपालीहरुलाई उद्धार गर्ने प्रयोजनका लागि नामावली संकलन थालिएको हो ।

इजरायलको तेल अविवस्थित नेपाली दूतावासले अनलाइन फारम भर्न मिल्ने लिंक सार्वजनिक गरेको छ र त्यसमा आफ्ना विवरण भर्न भनेको छ ।

इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली छन् । उनीहरुबारे अहिलेसम्म अप्रिय खबर नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले युद्धका कारण अप्ठ्यारोमा परेकाहरुलाई आवश्यकता अनुसार उद्धार गरिने बताए ।

Published Date: 18 June 2025


ताजा
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर वर्षाको सम्भावना: बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहनसक्ने चेतावनी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु