सरकारद्वारा इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन सुरु

सरकारद्वारा इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन सुरु : Icon Khabar

काठमाडौं, असार ४ । सरकारले इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन सुरु गरेको छ ।

इरानसँगको संघर्ष चर्किएकाले नेपालीहरुलाई उद्धार गर्ने प्रयोजनका लागि नामावली संकलन थालिएको हो ।

इजरायलको तेल अविवस्थित नेपाली दूतावासले अनलाइन फारम भर्न मिल्ने लिंक सार्वजनिक गरेको छ र त्यसमा आफ्ना विवरण भर्न भनेको छ ।

इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली छन् । उनीहरुबारे अहिलेसम्म अप्रिय खबर नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले युद्धका कारण अप्ठ्यारोमा परेकाहरुलाई आवश्यकता अनुसार उद्धार गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 June 2025
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने