भोटेकोशीमा बाढी आउन सक्ने भन्दै चीनले पठायो सतर्कताको सूचना

भोटेकोशीमा बाढी आउन सक्ने भन्दै चीनले पठायो सतर्कताको सूचना : Icon Khabar

सिन्धुपाल्चोक, असार ४ । सिन्धुपाल्चोक प्रशासनले असार ७ गतेसम्म भोटेकोशी लगायत नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

चीनको तिब्बत क्षेत्रममा असार ३ गतेदेखि असार ७ गतेसम्म अत्यधिक वर्षाको सम्भावना रहेकाले भोटेकोशीको वहाब बढ्न सक्ने सतर्कताको सूचना चिनिया पक्षले पठाएको थियो।

सोही सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका हुन्।

‘भोटेकोशी र सुनकोशी नदी आसपास ( भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी/ सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरुमा सतर्कता अपनाउन अनुरोध छ,’ सूचनामा भनिएको छ।

Published Date: 18 June 2025


ताजा
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर वर्षाको सम्भावना: बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहनसक्ने चेतावनी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु