भोटेकोशीमा बाढी आउन सक्ने भन्दै चीनले पठायो सतर्कताको सूचना

भोटेकोशीमा बाढी आउन सक्ने भन्दै चीनले पठायो सतर्कताको सूचना : Icon Khabar

सिन्धुपाल्चोक, असार ४ । सिन्धुपाल्चोक प्रशासनले असार ७ गतेसम्म भोटेकोशी लगायत नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

चीनको तिब्बत क्षेत्रममा असार ३ गतेदेखि असार ७ गतेसम्म अत्यधिक वर्षाको सम्भावना रहेकाले भोटेकोशीको वहाब बढ्न सक्ने सतर्कताको सूचना चिनिया पक्षले पठाएको थियो।

सोही सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका हुन्।

‘भोटेकोशी र सुनकोशी नदी आसपास ( भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी/ सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरुमा सतर्कता अपनाउन अनुरोध छ,’ सूचनामा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 June 2025
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो