चिडियाखानाबाट पटक पटक चोरीको प्रयास भएको रेडपाण्डा मर्यो

चिडियाखानाबाट पटक पटक चोरीको प्रयास भएको रेडपाण्डा मर्यो : Icon Khabar
प्रतीकात्मक तस्बिर

ललितपुर, असार ३ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाबाट पटक पटक चोरीको प्रयास भएको वन्यजन्तु रेडपाण्डा मरेको छ।

शनिबार साढे १२ बजे उक्त रेड पाण्डा मरेको चिडियाखानाका प्रमुख सत्यनारायण शाहले जानकारी दिए। उनका अनुसार एक सातादेखि बिरामी भएको रेडपान्डाले खानेकुराहरू कम खाइरहेको थियो। उपचारकै क्रममा क्रममा उसको मृत्यु भएको हो।

‘बिरामी भएपछि औषधी खुवाइरहेका थियौं। सुधार नभइ मृत्यु भयो,’ उनले भने, ‘पोस्टमर्टम रिपोर्टले किड्नी फेल भएर मृत्यु भएको देखाएको छ।’

रेडपान्डालालाई चिडियाखाना र वन कार्यालयको चिकित्सकले हेरिरहे पनि बचाउन नसकिएको उनी बताउँछन्।

शाहका अनुसार उक्त रेडपाण्डा ११ बर्ष बाँच्यो। उनीहरूको न्यूनतम ८ देखि १० वर्ष उमेर हुन्छ। उसको जोडीको गत वर्ष मृत्यु भएको थियो। एक्लै भएकाले पनि लामो समय बचाउन नसकिएको प्रमुख शाहले बताए।

उनका अनुसार वैशाख ३० गते राति १० बजेतिर रेडपान्डा चोरी गर्ने प्रयास भएको थियो। पहिलोपल्ट सफल नभएपछि त्यही दिन उनीहरूले दोस्रो प्रयास गरेको थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 18 June 2025
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो