चिडियाखानाबाट पटक पटक चोरीको प्रयास भएको रेडपाण्डा मर्यो

चिडियाखानाबाट पटक पटक चोरीको प्रयास भएको रेडपाण्डा मर्यो : Icon Khabar
प्रतीकात्मक तस्बिर

ललितपुर, असार ३ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाबाट पटक पटक चोरीको प्रयास भएको वन्यजन्तु रेडपाण्डा मरेको छ।

शनिबार साढे १२ बजे उक्त रेड पाण्डा मरेको चिडियाखानाका प्रमुख सत्यनारायण शाहले जानकारी दिए। उनका अनुसार एक सातादेखि बिरामी भएको रेडपान्डाले खानेकुराहरू कम खाइरहेको थियो। उपचारकै क्रममा क्रममा उसको मृत्यु भएको हो।

‘बिरामी भएपछि औषधी खुवाइरहेका थियौं। सुधार नभइ मृत्यु भयो,’ उनले भने, ‘पोस्टमर्टम रिपोर्टले किड्नी फेल भएर मृत्यु भएको देखाएको छ।’

रेडपान्डालालाई चिडियाखाना र वन कार्यालयको चिकित्सकले हेरिरहे पनि बचाउन नसकिएको उनी बताउँछन्।

शाहका अनुसार उक्त रेडपाण्डा ११ बर्ष बाँच्यो। उनीहरूको न्यूनतम ८ देखि १० वर्ष उमेर हुन्छ। उसको जोडीको गत वर्ष मृत्यु भएको थियो। एक्लै भएकाले पनि लामो समय बचाउन नसकिएको प्रमुख शाहले बताए।

उनका अनुसार वैशाख ३० गते राति १० बजेतिर रेडपान्डा चोरी गर्ने प्रयास भएको थियो। पहिलोपल्ट सफल नभएपछि त्यही दिन उनीहरूले दोस्रो प्रयास गरेको थिए।

Published Date: 18 June 2025


ताजा
बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा तातो लहरको सम्भावना
आज बुधबारको राशिफल
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी