जोमसोमबाट पोखरा जाँदै गरेको बस लेतेमा दुर्घटना १७ घाइते

जोमसोमबाट पोखरा जाँदै गरेको बस लेतेमा दुर्घटना १७ घाइते : Icon Khabar

म्याग्दी, फागुन ३ । मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको म्याग्दी कोरलाको ना ७ ख ७४४० नम्बरको यात्रुबाहक बस बेनी–जोमसोम कोरला सडक अन्तर्गत लेतेमा दुर्घटना भएको छ ।

दुर्घटनामा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी सहायक हबल्दार कृष्ण परियारले जानकारी दिए। उनका अनुसार बुधबार विहान साढे ८ बजेतिर लेतेको धम्पुस स्थित सडकबाट बस ४० मिटर तल खसेर कालिगण्डकी नदीमा पुगेको छ ।

दुर्घटनाको खबर लगत्तै जोसोमबाट प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेल सहित प्रमुख जिल्ला अधिकारी,नेपाली सेना र प्रहरी सहितको टोली घटनास्थलमा पुगेर घाइतेलाई उद्धार गरिएको छ ।

दुर्घटनाका घाइतेलाई स्थानीय लेते स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी गम्भिर घाइते भएका ९ जनालाई गण्डकी अस्पताल पोखरामा रिफेर गरिएको प्रहरीले जनाएको छ । वाँकी ८ जनाको स्वास्थ्य चौकीमै उपचार भइरहेको छ ।

निर्माणधिन सडक भएकाले साघुरो सडकका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बसमा म्याग्दी, पोखरा र भारतीयहरु सवार रहेको प्रहरीको भनाई छ । दुर्घटनाको थप विस्तृत विवरण आउन बाँकी छ ।

Published Date: 15 February 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु