सिन्धुपाल्चोक चौताराबाट करिब सात किमि दूरीमा रहेको मनोरम झरना हो भूत छाँगा (फोटो फिचर)

सिन्धुपाल्चोक चौताराबाट करिब सात किमि दूरीमा रहेको मनोरम झरना हो भूत छाँगा (फोटो फिचर) : Icon Khabar

सिन्धुपाल्चोक, असार १ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा, सागाँचोकगढी नगरपालिका वडा नम्बर ७ मगुवामा अवस्थित छ भूत छाँगा । ओझेलमा पर्दै गएको भूत छाँगाले पछिल्लो समय ह्वात्तै पर्यटक तान्न थालेको छ ।

सदरमुकाम चौताराबाट करिब सात किलोमिटरको दूरीमा रहेको यो छाँगामा जानेहरूको अहिले लर्को लाग्ने गरेको छ । वरिपरि हरिया पहाडी जंगलले घेरिएको कोप्चो गहिरो ठाउँ, झण्डै ८० फिटमाथिबाट खसेको पानीको फोहोरा, सानो बगरले जो कसैलाई पनि आनन्दित तुल्याउँछ ।

गर्मी समय भएकाले छाँगामा रमाउन टाढाटाढाबाट मानिस पुग्न थालेका छन् । र, उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट छाँगाको प्रचार गर्न थालेसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । अधिकांशले टिकटक र फेसबुकको माध्यमबाट थाहा पाएपछि रमाइलो गर्न यस छाँगामा पुगेको बताएका छन् ।

Published Date: 15 June 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै