काठमाडौँ, असार १ । “सफा सुग्घर पर्यावरणको नारा, सरसफाइमा जुटौँ सारा” भन्ने मूल नाराका साथ थुलुङ राई सहजीकरण सोलुखुम्बुले गोकर्णेश्वर नगरपालिका–४, जगडोलस्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति स्मारक सामुदायिक वन पर्या–पर्यटन प्रवर्धन तथा उद्यान व्यवस्थापन समितिको परिसरमा एक वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा सामुदायिक वन, पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल, स्थानीय बासिन्दा, समाजसेवी, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरू र थुलुङ राई सहजीकरण सोलुखुम्बुका पदाधिकारी तथा सदस्यहरूको सक्रिय र उल्लेखनीय सहभागिता रहेको थियो।
संस्थाका अध्यक्ष पासाङ दोर्जे राईले पर्यावरण संरक्षणका लागि यस्ता प्रयासहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र दीर्घकालीन प्रभाव पार्ने बताए। त्यस्तै, उपाध्यक्ष श्री नरबहादुर राईले सामूहिक एकताको शक्तिलाई यस्ता सामाजिक कार्यमार्फत उपयोग गरिरहेको र संस्था निरन्तर रूपमा यस्ता पहलमा समर्पित रहेको उल्लेख गर्दै सम्पूर्ण सहभागीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।
परम्परागत रूपमा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको यस सरसफाइ अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको हो। थुलुङ राई सहजीकरण सोलुखुम्बुले सरसफाइसहित विविध सामाजिक कार्यहरू मार्फत समुदायको उत्थान र पर्यावरण संरक्षणमा निरन्तर योगदान पुर्याउँदै आएको छ।
Published Date: 15 June 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1