वीरगन्ज महानगरपालिकाले अवैध रुपमा निर्माण भएका संरचना भत्काउने

वीरगन्ज महानगरपालिकाले अवैध रुपमा निर्माण भएका संरचना भत्काउने : Icon Khabar

वीरगन्ज, फागुन ३ । वीरगन्ज महानगरपालिकाले सडक, फुटपाथ, नालीलगायत सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना भत्काउने योजना सार्वजनिक गरेको छ ।

महानगरपालिकाले विकासकर्तालाई यस्तो संरचना सात दिनभित्र आफैले भत्काउन सूचना जारी गरेको छ ।

तोकिएको समयसीमाभित्र भत्काउन नसकेमा महानगरपालिकाले नै भत्काउने र भत्काउन लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

वीरगन्ज महानगरपालिकाका भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले सार्वजनिक स्थानमा बनेका भौतिक संरचना हटाएर अतिक्रमित जग्गा फिर्ता गराउन पहल गरिरहेको बताए ।

Published Date: 15 February 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु