भारतको अहमदाबाद विमानस्थल नजिकै २४२ यात्रु सवार विमान दुर्घटनामा

भारतको अहमदाबाद विमानस्थल नजिकै २४२ यात्रु सवार विमान दुर्घटनामा : Icon Khabar

काठमाडौं, जेठ २९ । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ ।

इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानी शहरमा अवस्थित विमानस्थल नजिकै एउटा विमान दुर्घटनाग्रस्त भएको हो ।

अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको इन्डिया टुडेले लेखेको छ ।

बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेकोले उक्त क्षेत्रबाट प्राप्त दृश्यहरूले हावामा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ ।

दुर्घटनापछि सातवटा दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका छन् ।

Published Date: 12 June 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै