बढ्दो गर्मीसँगै डेङ्गु सङ्क्रमण बढ्दै, भक्तपुरमा ३० जनामा डेङ्गु पुष्टि

बढ्दो गर्मीसँगै डेङ्गु सङ्क्रमण बढ्दै, भक्तपुरमा ३० जनामा डेङ्गु पुष्टि : Icon Khabar

काठमाडौँ, जेठ २८ । बढ्दो गर्मीसँगै डेङ्गु सङ्क्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष मङ्गलबारसम्म एक हजार २८१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले यो वर्ष डेङ्गुको सङ्क्रमण ७२ जिल्लामा फैलिसकेको जानकारी दिँदै सबैभन्दा बढी डेङ्गुको पुष्टि काठमाडौँमा भएको बताए । झाका अनुसार मनाङ, रसुवा, डोल्पा, हुम्ला र महोत्तरी जिल्लामा डेङ्गु पुष्टि भएको छैन ।

प्रदेश अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा डेङ्गु पुष्टि भएको छ । उनका अनुसार बागमतीमा ३४३, कोशीमा २४६, गण्डकी २३४, लुम्बिनी २०७, सुदूरपश्चिम १७४ र कर्णाली प्रदेशमा ६२ जनामा डेङ्गु पुष्टि भएको छ । सबैभन्दा कम सङ्क्रमण मधेश प्रदेशमा छ । मधेशमा १७ जनामा डेङ्गु पुष्टि भएको छ ।

मधेशमा गर्मी हुने भएकाले सबैभन्दा बढी डेङ्गु सङ्क्रमण मधेशमा हुनुपर्नेमा सबैभन्दा कम सङ्ख्या पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. झाले मधेश प्रदेशको रिपोर्ट कम भएर डेङ्गुको सङ्क्रमण हुने सङ्ख्या कम भएको हुन सक्ने जानकारी दिए । उनले जिल्लागत रूपमा सबैभन्दा बढी काठमाडौँमा १३६ जनालाई पुष्टि भएको छ । यस्तै, कास्की ९२, सुनसरी ८७, झापा ७६, पाल्पा ७६, रुपन्देही ४९, कञ्चनपुर ३७, दाङ ३२ र भक्तपुरमा ३० जनामा डेङ्गु पुष्टि भएको छ । डा. झाले गत वर्षभन्दा यो वर्ष डेङ्गु सङ्क्रमण कम पुष्टि भएको जानकारी दिनुभयो । उहाँले कात्तिकसम्म डेङ्गु सङ्क्रमण हुने भन्दै सतर्कता अपनाउन सुझाव दिए।

डेङ्गु नियन्त्रणका लागि स्थानीय निकायमा आठ करोड बजेट छुट्याइएको छ । डा. झाले महाशाखाले डेङ्गुबाट बँच्नका लागि सचेतना कार्यक्रम, लामखुट्टेको लार्भा नष्ट गर्ने कामदेखि निगरानी बढाउने काम भइरहेको बताए।

Published Date: 11 June 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु