बुधबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढ्यो

बुधबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ २८ । स्थानिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज अघिल्लो दिनको तुलनामा सुन १३ सय रुपैयाँले महङ्गिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ९० हजार कायम थियो । उक्त दिन सुनको मूल्यमा ६ सय रुपैयाँको गिरावट आएको थियो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण आज नेपाली बजारमा सुनको मूल्य बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १९ डलरले बढ्दै प्रतिऔंस ३ हजार ३४१ डलरमा कारोबार भईरहेको छ । आज स्थानिय बजारमा चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला २ हजार १६५ डलरमा कारोबार भईरहेको छ ।

Published Date: 11 June 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु