बिपी राजमार्ग अहिले थिलथिलो अवस्थामा, कहिले पुनर्निर्माण होला ?

बिपी राजमार्ग अहिले थिलथिलो अवस्थामा, कहिले पुनर्निर्माण होला ? : Icon Khabar

काभ्रेपलाञ्चोक, जेठ २६ । संघीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडकमार्गमा रहेको बिपी राजमार्गका सडकखण्ड अहिले थिलथिलो अवस्थामा पुगेको छ । उक्त राजमार्गको मध्यक्षेत्र भत्किएको र बगाएको तथा जोखिमपूर्ण अवस्थाबाट गुज्रिएको छ ।

वर्षायाममा केही भागमा क्षति पुर्याए पनि गतसाल असोजमा भएको अबिरल वर्षामा काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाइदिएको छ ।

विसं २०७२ को विनासकारी भूकम्पले केही सडकखण्ड क्षतिग्रस्त बनाएको थियो भने केही सडकखण्ड जोखिमकै अवस्थामा रहेका थिए । देशकै उत्कृष्ट मानिएको यो राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल–सिन्धुली–बर्दिवास एक सय ६० किलोमिटर लामो सडक बनेको हो ।

करिब २६ अर्ब जापानी रुपैयाँ बराबरको लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग सिधा जोड्को हो । यस राजमार्ग निर्माण सम्पन्न भएपछि पूर्व¥पश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौंं घुम्नुपर्ने झन्झट हटाइदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 June 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने