नयाँ नेपाली फिल्म ‘सिटामोल’ को नयाँ पोस्टर सार्वजनिक

नयाँ नेपाली फिल्म ‘सिटामोल’ को नयाँ पोस्टर सार्वजनिक : Icon Khabar

काठमाडौं, जेठ २६ । राज बहादुर सानेको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘सिटामोल’ का तीन नयाँ पोस्टर सार्वजनिक भएका छन् ।

सोमवार सार्वजनिक भएका तीन पोस्टरहरुमध्ये पहिलो पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल तथा बाल कलाकार करण नेपाली भावुक देखिएका छन् ।

दोस्रो पोस्टरमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक आ–आफ्नो पात्र अनुसारको भूमिकामा प्रस्तुत छन् । तेस्रो पोस्टरमा फिल्मका मुख्य कलाकार सौगात मल्ललाई मात्रै स्थान दिइएको छ । उनी वैशाखीको साहाराले निराश भावमा कतै हिडिरहेको बुझ्न सकिन्छ ।

सार्वजनिक पोस्टरले दर्शकमाझ यो फिल्मप्रति उत्सुकता थप्ने विश्वास निर्माण टिमको छ । आगामी साउन २३ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा सौगात, बेनिशा, श्री कृष्ण, जानुका र करणसहित लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।

‘सिटामोल’ मार्फत् निर्माता तथा निर्देशकले बिम्बात्मक नेपाल र आम नेपालीको जनजीवन र परापुर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको कुसंस्कारलाई चिरफार गर्न खोजेको छन् ।

फिल्मले त्यही समस्याको उठानसहित दर्शकको मन जित्ने उदेश्य लिएको भनाई निर्देशक तथा निर्माताको रहेको छ ।

तुल्सी देवी फिल्मले जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको यो फिल्मको कथा प्रदीप भारद्धाज तथा निर्देशक सानेले लेखेका हुन् ।

Published Date: 09 June 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै