पोखरा, जेठ २६ । कास्कीको बेगनास तालमा पौडी खेल्नेक्रममा बेपत्ता भएका पुरूषको शव फेला परेको छ।
सोमबार १० बजेतिर सशस्त्र प्रहरी बलको गोताखोरले ३५ फिट गहिराइबाट शव निकालेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
आइतबार साँझ पोखरा महानगरपालिका-३१ माझकुनास्थित बेगनास तालमा पौडी खेल्न पुगेका गोरखा शहिद लखन गाउँपालिका-३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका थिए।
उनको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जना गोताखोर सहितको टोली परिचालन भएको हो।
उक्त टोलीले उनको शव फेला पारी तालबाट निकालेको छ।
Published Date: 09 June 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1